तरुण दलद्वारा काठमाडौंमा प्रदर्शन, ‘झुर’ गृहमन्त्रीको सातोपुत्लो उड्यो

काठमाडौं । नेपाल तरुण दलले नेपाली कांग्रेस सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

शुक्रबार तरुण दलले रत्नपार्कको शान्तिबाटिकामा विरोधमा प्रदर्शन र विरोध र्‍याली निकालेको हो ।

विरोध सभामा तरूण दलका अध्यक्ष विद्वान गुरूङले घटनामा गृहमन्त्रीले राजीनामा गर्नुपर्ने बताएका छन् । उनले गृहमन्त्रीको योजनामा नै सह–महामन्त्री यादवमाथि सांघातिक आक्रमण भएको बताएका छन् ।

सह–महामन्त्री यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा नुवाकोट घर भई बालाजु बस्दै आएका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट छ । घटनाको विरोध गर्दै तरूणदलका अध्यक्ष गुरूङले सोही दिन गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए ।

गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले गतिलोसँग कमाण्ड सम्हाल्न सकेका छैनन् । गृहमन्त्री श्रेष्ठको आलोचना भइरहेको छ । काठमाडौंको मुटुमै कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार भएपछि श्रेष्ठको कांगेसले विरोध गरिरहेको छ ।

Published : Friday, 2023 September 8, 4:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया