सभापति खतिवडाले शान्ति सुरक्षा बनाउन नक्ने निकम्मा गृहमन्त्रीको सातो लिए
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था समितिका सभाति रामहरि खतिवडाले सह–महामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै खतिवडाले संविधान निर्माणमा विशेष भूमिका खेलेका यादवलाई सांघातिक आक्रमण भएको भन्दै आक्रोश पोखेका हुन् । उनले कांग्रेसका नेता यादवमाथि भएको आक्रमणलाई संविधान र कानूनमाथिको आक्रमण भनेका छन् ।
सभापति खतिवडाले कांग्रेसका सयौँ कार्यकर्तालाई पञ्चायतकालदेखि यस्तै अपराधिक कार्य हुँदै आएको बताए । उनले भने, ‘हामीले गरेका परिवर्तन, उपलब्धीहरूलाई अवमूल्यन गर्दै यो व्यवस्था ठीक छैन र पद्धति ठीक छैन भन्ने नाममा दिनदहाडै खुकुरी प्रहार गर्ने प्रवृत्ति देखा परेको छ । घोर भर्त्सना गदर्छौं ।’
खतिवडाले राजाले कांग्रेसका नेताहरूलाई जेलमा राखेको प्रशंग उठाउँदै फेरि राजावादीहरूले सांघातिक आक्रमण गरेर निरंकुता देखाउन खोजेको बताए ।
सांसद खतिवडाले सुन तस्करहरू बाहिर घुमेर हिडेको भन्दै कांग्रेसका नेतामाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई कारबाही हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन् । उनले मधेशको छोरोलाई आक्रमण भएको विषयमा गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए ।
सांसद खतिवडाले भने, ‘कांग्रेसलाई कसैले बन्दुकले तर्साए, कसैले बमले तर्साए । कांग्रेस यो शक्ति हो कुनै पनि आधारमा प्रजातन्त्र प्राप्तिमा संविधान रक्षा र संविधान कार्यान्वयन गर्न जस्तो हत्कण्डा अपनाए पनि हामी एक भएर जान्छौँ ।’
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी लिएपछि झन् शान्ति सुरक्षाप्रति प्रश्न उठेको आरोप लागेको छ । राजधानीको मुटुमा झोलामा खुकुरी बोकेर हिँड्ने व्यक्ति र नेतामाथि सांघातिक आक्रमण हुन लागेको योजना समेत थाहा नपाएको कुराप्रति खतिवडाले आक्रोश पोखेका हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया