सह–महामन्त्रीलाई खुकुरी प्रहार भएपछि सभापति देउवा अस्पताल पुगे
काठमाडौं । नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले खुकुरी आक्रमणबाट गम्भीर घाइते भएका सह–महामन्त्री महेन्द्र यादवलाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
बुधबार महाबौद्धस्थित ट्रमा सेन्टरमा पुगेर सभापति देउवाले सह–महामन्त्री यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । देउवाले घटनाको भर्त्सना गर्दै यादवको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
सह–महामन्त्री यादवलाई बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टस क्लब नेपालबाट निस्कने क्रममा ढोकामा खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहार गर्ने श्याम सापकोटा नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई हाल काठमाडौंको बालाजु पैयुटार बस्दै आएका छन् ।
आफूलाई कथित अभियान्ता भनेर चिनाउँदै हिँड्ने सापकोटाले एमसीसीको विरोध र राजसंस्थाको समर्थनमा नारा लगाएका थिए । सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया