ऋषि धमलाको क्लव निकै असुरक्षित बन्यो, कांग्रेसद्वारा कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसले सह–महामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

बुधबार कांग्रेसले विज्ञप्ति जारी गरेर घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।’

‘उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तीर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले सह–महामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । बुधबार रिपोर्टर्स क्लव नेपालको साक्षत्कारमा सहभागी भएर बाहिरिने क्रममा नुवाकोट घर भएका कथित अभियन्ता दाबी गर्ने श्याम सापकोटाले झोलामा बोकेको खुकुरी प्रहार गरेर सह–महामन्त्री यादवको ज्यान लिने प्रयास गरेका थिए । खुकुरी प्रहारबाट यादवको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ ।

पक्राउ परेका सापकोटाले एमसीसीको विरोध गर्नुका साथै राजसंस्थाको पक्षमा नारा लगाएका थिए । सापकोटालाई चीन वा राजसंस्थाले प्रयोग गरेर कांग्रेसका सह–महामन्त्री यादवमाथि ज्यानलेवा हमला गराएको भन्ने आशंका पनि छ ।

ऋषि धमला अध्यक्ष तथा मालिक रहेको रिपोर्टर्स क्लव नेपाल पछिल्लो समय निकै असुरक्षित बन्दै गएको छ । क्लवमा आउने नन्दीभिरंगी व्यक्तिहरूले नेताहरूमाथि बेलाबेला आक्रमण गर्दै आएका छन् ।

केही महिला अगाडि पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि पनि हमला भएको थियो । बेलाबेला क्लवमा नेताहरूमाथि अभद्र व्यवहार हुने गरेका छन् । रिपोर्टर्स क्लवमा नेता र उच्च अधिकारीहरूका लागि निकै असुरक्षित हुन थालेको छ ।

Published : Wednesday, 2023 September 6, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया