दमकभन्दा ठूलो माइजोगमाइ यौनकाण्ड, कार्यालयभित्रै सम्वेदनशील अंग समाते

काठमाडौं । इलाम जिल्लाको माइजोगमाइ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतबीच कार्यालयभित्रै यौनजन्य गतिविधि गरेको सीसीटीभीको भिडियो बाहिरिएको छ ।

कार्यालयमा जडित सीसीटीभी क्यामेराको ख्याल नगरी लेखापालकै कार्यकक्षमा यौनक्रियाकलाप गर्दाको भिडियो लिक भएपछि विवादमा परेका छन् । भिडियो लिक भएपछि दुबैलाई फासाद आइलागेको छ ।

कार्यालयको सीसीक्यामेरा समेत ख्यालै नगरी लेखापाल रेखा (नाम परिवर्तन)को कार्यकक्ष पुगेर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राई यौनजन्य क्रियाकलाप गरेका छन् । काजीमानले लेखापाल रेखाका सम्वेदनशील अंगहरू समातेको सीसीटीभीको भिडियोमा देख्न सकिन्छ । उनीहरू निकै अराजक शैलीमा प्रस्तुत भएका छन् ।

यौनजन्य क्रियाकलापमा लेखा अधिकृत रेखा पनि खुलेरै साथ दिएकी छिन् । दुईबीच बारम्बार यौनजन्य गतिविधि चलेको छ ।

भिडियो हेर्दा काजीमान र रेखाबीच एक पटक मात्र नभइ पटकपटक कार्यालयमै रोमान्स हुने गरेको देखिन्छ ।

सार्वजनिक भएको भिडियोमा गत जुलाई ७ र अगस्ट ८ तारिकको मिति देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतबीच भएको यौनजन्य गतिविधि गाउँपालिकाभित्र यसअघि नै चर्चा भएको थियो ।

चर्चा भएसँगै प्रमुख प्रशासकीय अधिकृत काजीमान सरुवा भइसकेका छन् । लेखा अधिकृत रेखा भने सोही कार्यालयमा कार्यरत छिन् ।

काजीमान र रेखाबीचको कार्यालय यौनजन्य गतिविधिको भिडियो मंगलबार लिक भएको छ । भिडियो लिक भएसँगै घटनाबारे गाउँपालिकाको धारणा माग हुन थालेको छ ।

झापाको दमक नगरपालिकाको काण्ड सेलाउन नपाउँदै इलामको काण्ड बाहिरिएको छ । सरकारी कर्मचारीहरू जनताका काम गर्न छाडेर कार्यालयभित्र यौनजन्य गतिविधिमा लागेपछि सरकार कति कमजोर छभन्ने संकेत मिलेको छ ।

Published : Tuesday, 2023 September 5, 11:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया