निजामती, सुरक्षा निकाय र अख्तियारलाई उत्तरदायी बनाउन राज्य व्यवस्थामा कुरा उठ्यो
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार नियन्त्रयाका लागि राज्यलाई जिम्मेवार र उत्तरदायी बनाउन सुझावहरू दिनुपर्ने सदस्यहरूले बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित समितिको बैठक कक्षमा बसेको पहिलो बैठकमा सभापति रामहरि खतिवडालाई शुभकामना तथा बधाइ दिने क्रममा सदस्यहरूले मुलुकमा सुशासनका लागि विशेष पहल गर्नुपर्ने बताएका हुन् ।
उनीहरूले पछिल्लो समय भ्रष्टाचारका धेरै कुराहरू उठेको भन्दै राज्यका जिम्मेवार निकायलाई बोलाएर आफ्नो क्षेत्राधिकारभित्र रहेर निर्देशनहरू दिनुपर्ने बताएका छन् ।
विगतमा समितिको बैठक बस्न संख्या नपुगेर समस्या भएका उदाहरण पनि सदस्यहरूले उठाएका छन् । उनीहरूले राज्य व्यवस्था समिति विगतमा राष्ट्रिय सहमतिको सूत्रधार भएको पनि बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित संवैधानिक निकायको विधेयक, निजामती कर्मचारी ऐन लगायत चार वटा विधेयक समितिमा आएको भन्दै सदस्यहरूले सुशानका लागि समितिबाट हुने सबै सहयोग सर्वसहमतिमा गरिनुपर्ने बताएका छन् ।
बैठकमा सदस्यहरू दिलेन्द्रप्रसाद बडू, हृदयराम थानी, सरिता प्रसाइँ, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, पृथ्वीसुब्बा गुरुङ, हितराज पाण्डे, बुद्धिमान तामाङ, शर्बेन्द्रनाथ शुक्ला, दुर्गा राईलगायतले धारणा राखेका थिए ।
सभापति खतिवडाले आफूलाई बधाइ तथा शुभकामना दिने समितिका सबै सदस्यहरूप्रति धन्यावाद ज्ञापन गरेका छन् । उनले समितिलाई सहमतिका साथ अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् । उनले समितिका सदस्यहरूको सुझावअनुसार आफू राष्ट्रिय सहमति बनाउने गरेर अगाडि बढ्ने बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया