‘महारानी भाउजु’ काण्डपछि विवादित फेसबुक पेज बन्द
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’की पत्नीद्वारा सरकारी गाडी दुरुपयोग गरेको काण्डपछि विवादमा परेको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ बन्द भएको छ ।
३५ लाख फलोअर्स भएको फेसबुक पेजलाई त्यसका सञ्चालक भिक्टर पौडेलले अनपब्लिस गरेका छन् । भिक्टर पौडेल र बालेन नजिकका साथी हुन् । बालेनको चुनावी प्रचार गरेको यो पेज र भिक्टर पौडेलले निकै आलोचना खेप्दै आएका छन् ।
बालेनलाई बचाउ गर्न यो पेजले गलत सूचना सम्प्रेषण गरेको थियो । गलत सूचना सम्प्रेषण भएपछि पेज र सञ्चालकको आलोचना भएको थियो ।
बाग्लुङ स्थायी घर भइ हाल काठमाडौंमा बस्दै आएका भिक्टर पौडेलले सोमबार फेसबुकमा स्टाटस लेखेर ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका छन् । त्यसको केही समयपछि फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको छ । भिक्टरले ‘अट्याक गर्नु पर्दैन, स्वार्थले खोलेको थिएन, तै भएर बाल छैन, बाँकी कुरा पछि गरौँला’ भनेर लेखेका छन् । उनले ‘नाउ आईएम फ्रि लिभ मि एलोन’ भनेर पनि लेखेका छन् ।

शनिबार राति बालेनकी पत्नी सविना काफ्ले सवार गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेको विषयलाई लिएर बालेनले आफ्नो फेसबुक पेजमार्फत सिंहदरबार जलाउने धम्की दिएका थिए । बालेनले चोर सरकार भनेका थिए । बालेनको धेरै आलोचना भएपछि पेजबाट सो स्टाटस सोमबार हटाएका छन् ।
फेसबुकमा लेखेको कुरालाई लिएर बालेनको आलोचना भएको भोलिपल्ट बिहान रुटिन अफ नेपाल बन्दले बालेनको पुत्रीलाभको खबर सार्वजनिक गरेको थियो । समाचारमा पुत्री लाभ केही दिन पहिल्यै भएको उल्लेख थिएन ।
बालेनमाथि भइरहेको आलोचनालाई डाइभर्ट गर्न भर्खरै सन्तान लाभ भएको जसरी खबर प्रकाशन गरेको आरोप रुटिनमाथि लागेर आलोचना भएको थियो । पछि रुटिन अफ नेपाल बन्द नाम गरेको पेजले आफ्नो स्टाटस सच्याएर केही दिनअघि भनेर थपेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया