सभापति यादवद्वारा पर्यटनमन्त्री किराँतीलाई गलत काम नगर्न निर्देशन
काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई गलत काम नगर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा सोमबार बसेको समितिको बैठकमा सभापति यादवले गलत कार्य नगर्न निर्देशन दिएका हुन् । उनले पर्यटनमन्त्री किराँतीमा केही काम गरौं भन्ने जोस जाँगर देखिएको बताए ।
सभापति यादवले देश र जनताको लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको बताए ।
सभापति यादवले मन्त्रीले पर्यटन सम्बन्धी नीतिहरू समयअनकुल बनाउनुपर्ने र त्यो देशको हितमा भए सामूहिक पहल गर्न समिति तयार रहेको बताए ।
सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामको लागि साथ पनि दिने र कहीँ दायाँबायाँ भयो भने नियमन र नियन्त्रण दुवै गर्ने बताए ।
यादवले पर्यटनमन्त्री किराँतीलाई गलत काम नगर्न खबरदारी गरेका छन् । यादवले पर्यटनमन्त्री किराँतीमा केही काम गरौँ भन्ने जोस जाँगर देखिएको बताए । उनले देश र जनताको लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको बताए ।
उनले भने, ‘पर्यटन क्षेत्रमा काम गर्ने केही हर्डलहरू रहेको कुरा छ भन्ने कुरा मन्त्रीले इमानदारीपूर्वक भन्नुभएको छ ।’
‘मन्त्रीले देशको लागि केही गर्छु भनेर इमानदारी प्रयास र पहलकदमी गर्नुभयो भने समितिले पोलिसी डिपार्चरतिर जानुपर्यो भने, नयाँ समय, नयाँ सन्दर्भ र नयाँ ढङ्गले अगाडि बढ्न खोज्यो देशको हितमा छ भने समिति सामूहिक पहलकदमी गर्न तयार छ’, मन्त्री किराँतीले भने ।
‘यहाँले जोस जाँगरका साथ काम गर्नुस् । मन्त्रीलाई राम्रो कामको लागि साथ पनि छ । साथ पाउनुहुन्छ’, किराँतीले भने, ‘कहिँ दायाँबायाँ भयो भने त्यहाँ हामी नियमन र नियन्त्रण पनि गर्छौँ ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया