न्यायालयले क्षेत्राधिकार मिच्नु हुँदैन, कोशीमा मध्यावधीको अवस्था नहोस् : सभापति खतिवडा
काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राज्यका सबै निकायले आफ्नो क्षेत्राधिकार उल्लंघन गर्न नहुने बताएका छन् ।
आइतबार ओखलढुंगाको सिद्दिचरण नगरपलिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खतिवडाले कोशी प्रदेश सरकारको गठन बारेमा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै सबैले आफ्नो अधिकारलाई ध्यान दिनुपर्ने बताए । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको आफ्नै अधिकार रहेकाले एउटाले अर्काको अधिकारलाई कुल्चेर जान नमिल्ने बताए ।
कोशी प्रदेश सरकार मध्यावधिमा जादैन भन्ने कुरामा आफूले विश्वस लिएको सभापति खतिवडाले बताएका छन् । कोशी प्रदेशको विषयमा सर्वोच्च अदालतमा बिचाराधीन विषय रहेकाले त्यसबारेमा आफू धेरै टिकाटिप्पणी गर्ने पक्षमा नरहेको उनले बताएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सभापति खतिवडाले देशलाई समृद्धि बनाउन मिलेर काम गर्नुपर्ने बताए । उनले सुनकाण्ड, बालुवाटार प्रकरणदेखि शरणार्थी प्रकरणका दोषीलाई कानून अनुसार कारबाही हुनुपर्ने बताए । खतिवडाले अनुसन्धान र छानविन गर्दा मेरो वा तेरो नहेरी सम्पूर्णलाई कारवाही गर्न राज्य व्यवस्था तथा सुशासन समिति सधैं प्रतिबद्द रहेको बताएका छन् ।
खतिवडाले सयौँ मान्छेले शहादत प्राप्तपछि ३ तहको पारिकल्पना गरेर नेपालको सबै जात, वर्गको संविधान बनाएको बताएका छन् ।
उनले स्थानीय सरकारलाई धेरै अधिकार सम्पन्न संविधान बनाएको बताएका छन् । ‘योभन्दा पहिला नेकपाले झण्डै दुईतिहाइको सरकार भए पनि हामीले राजनीति स्थिररता, सुशासन, समृद्धि दिलाउन ठूलो अवसर थियो’, उनले भने, ‘त्यस बेला मुलुकको विकासमा काम गर्न सक्ने वातावरण हुँदाहुँदै नेकपा फुटेर काम जनतालाई निरास बनाएको छ ।’
उनले भने, ‘कर्मचारीको नियमावली संशोधन, भ्रष्टाचार सम्बधी अख्तियारको मुद्दाहरू छन् । ठूलो देशमा काम गर्न बाँकी छन् । सबै विषयमा समितिको साथीहरूसँग बसेर छलफल गर्नेछौं ।’
दुशकोशी हाइड्रोपावरसहित् लिखु, मोलुङ, दुधकोशी, साँघुटार– ओखलढुङ्गाको बाटोको कामहरू सुचारु भएको समेत उनले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया