सुन काण्डमा पूर्वउप-राष्ट्रपतिका छोरा दीपेशमाथि अनुसन्धान
काठमाडौं । सुन तस्करी प्रकरणमा माओवादीका नेता तथा पूर्वउप–राष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम पनि मुछिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले दीपेशमाथि अनुसन्धान शुरु गरेको स्रोतले जनाएको छ ।
ठमेलको होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङमार्फत तस्करीमा दीपेशको संलग्नताबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले दीपेशको संलग्नता हुन सक्ने शंकास्पद कागजात चार दिनअघि फेला पारेको छ ।
पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ र तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाको नेपाली र भारतीय सुन कारोबारी तथा नेपाली नेताहरूसँगको सम्बन्धबारे अनुसन्धान सुरु गरेको छ ।
रोल्पाली महिला अमला रोकालाई विवाह गरेका दावाले पूर्व उप–राष्ट्रपति पुनको परिवारसँग सम्बन्ध बढाएको देखिएको छ ।
पूर्वराष्ट्रपति नन्दबहादुर पुन र उनका छोराहरू जितेन्द्र पुन र दीपेश पुन, बुहारी जुना पुनसँग दावाको बारम्बार भेटघाट भएका भिडियोहरू भेटिएका छन् ।
दावाले दीपेशको घरमा पुगेर भेटघाट गरेका छन् । पारिवारिक रूपमा सँगै खाना खाएका तथा विभिन्न स्थानमा घुम्न गएका, तिहारमा भाइटीका लगाएका तस्बिर सार्वजनिक भएका छन् ।
राजस्व अनुसन्धान विभागले साउन ३ मा ६० किलो सुन बरामद गरेपछि र होटल भियानामा छापा मार्नु केही दिनअघि मात्रै अमला रोका पूर्वउप–राष्ट्रपति नन्दबहादुर पुनको घरमा पुगेर खाना खाएको भिडियो सामाजिक सञ्जालमा आएको थियो ।
दावा छिरिङले सुरक्षा निकायलाई पनि चिनियाँ नागरिकबारे सुराकी दिने गरेको पाइएको छ । उनी त्यही आधारमा विगतमा जोगिँदै आएका थिए ।
छिरिङको सम्पर्क माओवादी केन्द्रका उच्च तहका नेताहरू र उनीहरूका परिवारसँग बाक्लो उठबस भएकाले पनि तस्करीका लागि सहज भएको स्रोतले जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया