प्रधानमन्त्री दाहालद्वारा चिनियाँ राजदूतसँग नयाँ नक्साबारे स्पष्टीकरण माग
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र राजदूत सोङबीच भेटवार्ता भएको हो । चीनले नेपालको चुच्चे नक्सा गायब बनाएर नयाँ नक्सा जारी गरेपछि नेपाल र चीनबीच सम्बन्ध चिसो भइरहेका बेला भेटवार्ता भएको छ । दाहालले राजदूत सोङसँग चीनको नयाँ नक्साका बारेमा चासो राखेका छन् ।
चीन भ्रमणको तयारीका बारेमा पनि छलफल भएको बुझिएको छ । राजदूत सोङले प्रधानमन्त्री दाहालको चीन भ्रमणका बेला बीआरआई परियोजना अघि बढाउने विषयमा समेत छलफल भएको छ ।
बीआरआई परियोजनाअन्तर्गत चीनले कम्तीमा तीनवटा औद्योगिक पार्क बनाउन नेपाल सरकारसँग लबिङ गरेको छ ।
सोमबार चीनको प्राकृतिक स्रोत साधानसम्बन्धी मन्त्रालयले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेको छ ।
चीनको सो कदमप्रति नेपालमा चौतर्फी विराध भइरहेको छ । २०७७ जेठ ३१ गते संविधान संशोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर चुच्चे नक्सा जारी गर्न संसदले अनुमोदन गरेको थियो ।
प्रधानमन्त्री दाहाल असोज ६ गते अमेरिकाको न्युयोर्कबाट चीनको हाङचाओ जाँदै छन् । संयुत्त: राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने र त्यहीबाट दाहाल चीन जाँदैछन् । असोज ६ गते चीनको हाङचोओमा एसियाली खेलकुद समारोहको उदघाटन हुँदैछ ।
एसियाली खेलकुद समारोहमा सहभागी भएर बेइजिङ गएपछि त्यहाँ प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया