अपराध र सुन तस्करी गर्न चिनियाँ नागरिकले नेपाली नागरिकता लिएको पुष्टि
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियमका नागरिक दावा छिरिङले नेपाली नागरिकता लिएको पुष्टि भएको छ ।
दावाले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको हो । दावाले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।
साउन २२ गते गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
समितिले दुई हप्ता लगाएर गरेको अनुसन्धानमा चिनियाँ नागरिक दावाले नेपालबाट नागरिकता लिएको तथ्य फेला पारेको छ ।
दावा नेपालमा बेल्जियमको नागरिकका रूपमा पर्यटक भिसामा आएको अवस्थामा पक्राउ परेका थिए ।
दावालाई साउनको १३ गते शनिबार राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । ठमेलको होटेल भियानामा छापा मारी दावालाई प्रहरीले पक्राउ गरेको थियो । दावा १७ वर्षअघि पनि उनी पक्राउ परेका थिए ।
दावाले ०७४ पुस २० गते नागकिरता लिएको खुलेको छ । दावासहित अन्य केही व्यक्तिले पनि नेपाली नागरिकता लिएको खुलेको छ । केहीसँग भारतीय आधार कार्डसमेत भेटिएको छ ।
साउन ३ गते ब्रेकसुमा राखेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
सुन तस्करी काण्डमा ६ विदेशीसहित २५ जनालाई पक्राउ गरी सीआईबीले अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया