गृहमन्त्री श्रेष्ठले दुई जिल्लाका सीडीओहरू चलाए, मन्त्रालय तानिए गौतम
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा धनकुटा र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा भएको छ ।
गृहमन्त्री श्रेष्ठले धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई गृह मन्त्रालयमा तानेका छन् । काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई धनकुटाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको स्रोतले जनाएको छ ।
गौतम पाँच महिना अगाडि गृह मन्त्रालयबाट धनकुटाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर गएका थिए । पौडेलले सात महिना अगाडि काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर गएका थिए ।
गृह मन्त्रालयका सह–सचिव रूद्रादेवी शर्मालाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । शर्मा पनि पाँच महिना अघि गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी पाएकी थिइन् ।
शर्मा गृह मन्त्रालयमा सरुवा हुनुभन्दा अगाडि भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी थिइन् ।
गृहमन्त्री श्रेष्ठले राम्रा जिल्लाहरू आफू निकटका सीडीओहरूलाई धमाधम पठाइरहेका छन् । श्रेष्ठले मन नपरेका सीडीओहरूलाई समय नपुग्दै हटाउने गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया