धेरैले रुची नदेखाएको कृषि समितिको सभापतिमा डा.राणा सर्वसम्मत, काम गरेर क्षमता देखाउने
काठमाडौं । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति डा.आरजु राणा देउवाले संविधान अनुरुप र जनताको कुरा सरकारलाई सुझाव दिने बताएकी छिन् ।
सोमबार सिंहदरबारमा समितिको सभापतिमा सर्वसम्मत भएपछि पत्रकारसँग कुरा गर्दै डा.राणाले कृषि वृहत क्षेत्र रहेको बताइन् । उनले आफूले सदैव समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्ने बताइन् ।
‘समिति बनेको धेरै त भएको छैन । धेरै ब्रिफिङ लिएर पहिले डिसीजन भइसकेको जस्तो लाग्छ’, उनले भनेकी छिन्, ‘मन्त्रीले पनि समय दिइरहनुभएको छ । मन्त्रालयका सचिवहरुले पनि ब्रिफिङ गरिरहनुभएको छ ।’
उनले भनेकी छिन्, ‘धेरै वृहत कार्य भएको क्षेत्र हो । यो कार्यक्षेत्रमा जति पनि माननियज्यूहरू हुनुहुन्छ आफ्नो यरीयामा पोख्त, ज्ञानी, अनुभवि हुनुहुन्छ ।’
‘त्यही कारणले समितिको सभापतित्व गर्न जमर्को राखेको हुँ । जतिपनि माननीय ज्यूहरूको प्रस्तुति, उहाँहरूको इन्फरमेसन इन्डेप्थ छ’, डा.राणाले भनेकी छिन्, ‘अन्तर्राष्ट्रिय रुपमा पनि उहाँहरूलाई धेरै कुरा थाह भएको छ ।’
‘सभापति भनेको कोर्डिनेटरको भूमिका हो । यहाँ साथीहरूले दिनुभएको सुझाव, यहाँहरुले देखाउनुभएको मार्गमानै अगाडि कामकाज बढाउने योजना छ’, डा.राणाले भनेकी छिन् ।
‘त्यस हुनाले मलाई एकदमै खुसी लागेको छ । राम्रो सहकर्मी साथीहरूसँग मिलेर केही काम गर्न पाउँछु होला भन्न चाहन्छु’, डा.राणाले भनेकी छिन्, ‘संविधान अनुरुप र जनताको आशा अनुरुप सरकारलाई दिने पोलीसी, डिरेक्सनहरू र सरकारको काम गर्ने तौरतरीकामा गर्न सक्ने इम्प्रुभमेन्टमा सफलताका साथ अगाडि बढोस् भनेर भन्छु ।’

डा.राणाले संवद्ध मन्त्रालयलाई आवश्यक अनुसार निर्देशन दिइने र सरकारको काम गर्ने शैलीमा सुधार ल्याउन समितिले अग्रणी भूमिका खेल्ने बताइन् ।
सोमवार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिशोर साह सुडीले डा.राणा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेका हुन् ।
निर्वाचित भएपछि डा.राणाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताइन् । उनले पद तथा गोपनीयताको शपथ लिएपछि जिम्मेवारी समेत सम्हालेकी छिन् ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापति लिन सांसद र राजनीतिक दलहरूले खासै रुची देखाउँदैनन् ।
जनतासँग जोडिएर काम गर्न सकिने यो समितिबाट कृषि, पर्यावरण र प्राकृतिक श्रोतमा धेरै गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसकी सांसद डा.राणाले आफूलाई सभापतिमा सक्रिय बनाउने तयारी गरेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया