बौद्ध एरियाका टोले गुण्डा सुलभ पेस्तोलसहित पक्राउ
काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्न सुरज श्रेष्ठ ‘सुलभ’लाई हतियारसहित पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–७ घर भएका २८ वर्षीय श्रेष्ठलाई मेड इन यूएसए लेखिएको १ थान पेस्तोलसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
श्रेष्ठलाई प्रहरीले ४ राउण्ड गोली, म्याग्जिन र १ थान डिजिटल तराजुसहित शक्रबार राति पक्राउ गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले श्रेष्ठलाई हतियारसहित बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
श्रेष्ठ गण्डागर्दी तथा लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ । चाबहिल घर भई हाल कपनमा डेरा गरी बस्ने श्रेष्ठले रामेछाप घर भई बौद्ध बस्ने चुस्पे भनिने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरेका थिए ।
श्रेष्ठले २०६७ सालमा ज्यानमार्ने उद्योग मुद्दामा कारागार चलान भइ पाँच वर्ष कैद भुक्तान गरी २०७१ सालमा कैद मुक्त भएका थिए ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया