कांग्रेसका खतिवडाले दिए पावरफुल समितिको सभापतिमा उम्मेदवारी

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् ।

आइतबार सिंहदरबारस्ति संसद सचिवालयमा खतिवडाले मनोनयन दर्ता गराएका हुन् । यो समिति संसदको पावरफुल मानिन्छ ।

प्रमुख दहरूले प्रतिनिधि सभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए ।

कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।

Published : Sunday, 2023 August 27, 3:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया