सभापति पुनले लुम्बिनी कांग्रेसमा आफ्नै गुट सम्हाल्न सकेनन्, एकलौटी गरेपछि चार्जहरू लाग्यो
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले ५ वटा विभागको प्रमुखहरू नियुक्त गरेका छन् ।
सभापति पुनले उद्योग, व्यापार, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखमा भीमबहादुर थापा ‘भरत’लाई मनोनयन गरेका छन् । दक्ष जनशक्ति नीति निर्माण विभागको प्रमुखमा सन्दीप रानालाई पुनले मनोनयन गरेका छन् ।
भौतिक तथा पूर्वाधार निर्माण विभागको प्रमुखमा कुसुमराज ज्ञवाली, वैदेशिक रोजगार समन्वय विभागमा बालकुमारी भण्डारी र दलित समन्वय विभागको प्रमुखमा रवि विश्वकर्मालाई मनोनयन गरिएको मुख्य सचिव मोहनराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहका सभापति पुन पुनले विभागको प्रमुखहरू बनाउँदा आफ्नै गुटभित्र पनि सरसल्लाह गरेका छैनन् । एकलौटी रुपमा गोजीका मान्छेहरूलाई विभागको प्रमुख बनाएको आरोप छ ।
लुम्बिनी कांग्रेसमा संस्थापन समूह शून्य सरह छ । सभापति शेरबहादुर देउवा समूहले एउटा उप–सभापति र एक जना सदस्य मात्रै जितेको छ ।
विभागको प्रमुख बन्नका कार्यसमितिको सदस्य बन्नुपर्छ । विभाग बनाउनुभन्दा केही दिन अगाडि देउखुरीमा बसेको लुम्बिनी कांग्रेसको कार्यसमिति बैठकमा केही सदस्यले सभापति पुनको निरंकुशताविरुद्ध खुलेर आलोचना गरेका थिए । आलोचना भएपछि पानीले भिजेको मुसा जस्तो देखिएका सभापति पुन आफ्नै गुटलाई सम्हाल्न सकेका छैनन् ।
सभापति पुनलाई आर्थिक हिनामिना र अनियमितताको आरोप पनि लागेको छ । सभापति पुन आर्थिक विषयमा निकै कमजोर रहेको आरोप छ ।
यसअघि पनि स्थानीय तहको टिकट वितरणका क्रममा सभापति पुनले टिकट बिक्री गरेको आरोप लागेको थियो । प्रकाश रानालाई कोषाध्यक्षमा मनोनयन गर्ने बेला पनि सभापति पुनमाथि विभिन्न प्रश्न उठेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया