जसपाबाट निर्वाचित यादवलाई अख्तियारद्वारा पक्राउ, कर्तुतहरू सार्वजनिक

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशकुमार यादवलाई नियन्त्रणमा लिएको छ ।

आयोगका कर्मचारीले यादवलाई घुससम्बन्धी विषयमा सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ । अध्यक्ष यादवलाई भदौ ६ गते बुधबार साँझ नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

साउन ३१ गते सोलार सम्बन्धी योजनामा घुसको रुपमा २ लाख नगद र ३ लाखको चेक लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चौकबाट नियन्त्रणमा लिएको थियो ।

सोही प्रकरणमा सोधपुछ र बयानका लागि पालिका अध्यक्ष यादवलाई नियन्त्रणमा लिइएको प्रवक्ता दाहालले बताए ।

अख्तियारले नियन्त्रणमा लिएपछि बिरामी परेका अध्यक्ष यादवलाई राजधानीको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

विष्णुपुर गाउँपालिकामा असार २४ गते काम नभएको एउटा सडक योजनामा ७९ लाख ७८ हजार रुपियाँ आफूखुसी भुक्तानी दिइएको समेत खुलेको छ ।

यादव जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

Published : Friday, 2023 August 25, 4:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया