झापामा ईन्स्पेक्टर कटुवालमाथि बञ्चरो प्रहार, अभियुक्तहरू पक्राउ
काठमाडौं । लागुऔषध सेवन गरेको समूहले झापामा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) युवराज कटुवालमाथि बञ्चरो प्रहार गरेको छ ।
बिहीबार साँझ पूर्व–पश्चिम महेन्द्र राजमार्गको शिवसताक्षी नगरपालिका–९ स्थित झरना खोलाको पुल नजिकै ईन्स्पेक्टर कटुवालमाथि बञ्चरो प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका छन् ।
बञ्जरो प्रहारबाट ईन्स्पेक्टर कटुवालको टाउकोमा गम्भीर चोट लागेको छ । कटुवाललाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको छ ।
लागुऔषध ब्राउन सुगर सेवन गरी मे ४ प २७५१ नम्बरको मोटरसाइकलमा सवार तीन जनाले लापरबाही तरिकाले सवारी चलाइरहेको सूचना पाए लगतै ईन्स्पेक्टर कटुवालको कमान्डमा सादा पोसाकमा प्रहरी खटिएको थियो ।
मोटरसाइकलको पछाडि सवार शिवसताक्षी–९ का ३६ वर्षीय अशोक पोखरेलले लुकाइछिपाई ल्याएको हाते बञ्चरोले ईन्स्पेक्टर कटुवालको टाउकोमा अचानक प्रहार गरेको प्रहरीले जनाएको छ ।
कटुवालको टाउकोमा दुई ठाउँमा चोट लागेको छ । उनको टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको डीएसपी रिजालले बताएका छन् ।
घटनामा संलग्न मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय विकास भन्ने अरुण तामाङ, मोटरसाइकलमा सवार सोही ठाउँका ३३ वर्षीय लक्ष्मण टुडू, बञ्चरो हान्ने पोखरेलसहित तीन जनालाई पक्राउ गरिएको छ । प्रहरीले मोटरसाइकल र बञ्चरोलाई पनि नियन्त्रणमा लिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया