गौरा पर्वमा राष्ट्रिय बिदा दिन तयार छौँ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर राष्ट्रिय बिदा दिने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले गौरा पर्वको दिन तोकेर सल्लाह गरेर आए प्रधानमन्त्रीसँग आफूले गौरा पर्वमा बिदा दिन आग्रह गर्ने बताएका हुन् ।
सभापति देउवाले गौरा पर्वको दिन बिदा दिनका लागि तिथिभन्दा पनि दिन तोकेर बिदा दिनुपर्ने बताएका छन् ।
उनले गौरा पर्व नेपालमा सुदूरपश्चिमबाट, कर्णालीका साथै उत्तराखण्डको केही भागमा मनाउने गरिएको बताए ।
सभापति देउवाले गौरा पर्व देशको लागि गौरवको विषय भएको बताएका छन् ।
Published : Thursday, 2023 August 24, 11:45 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया