सबैको कल्याणको कामना गर्दै डा.आरजु राणाले धनगढीमा मनाइन् गौरा
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद डा.आरजु राणा देउवाले विशेष रुपमा गौरा पर्व मनाएकी छिन् ।
बिहीबार कैलालीमा रहेको आफ्नै निवासमा कांग्रेस नेतृ डा.राणाले गौरा पर्व मनाएकी हुन् । उनले गौरा पर्वको अवसरमा सुख र शान्तिको कामना गरेकी छिन् ।
गौरा पर्व सुदूरपश्चिम प्रदेशको ठूलो पर्वका रुपमा रहेको छ । यो पर्वतलाई कांग्रेस नेतृ डा.राणाले पार्टीका नेता कार्यकर्ता र आफन्तहरूका साथ मनाएकी छिन् । कार्यक्रममा देउडा खेलेका छन् ।
कांग्रेस नेतृ डा.राणाले कैलालीमा गौरा पर्व मनाउन लागेको बताएकी छिन् । उनले भनिन्, ‘शिव पार्वतीको कथा हो । काठमाडौंमा हामी तीज मनाउँछौँ । त्यसैगरी गौराको पनि आफ्नै महत्व छ ।’
उनले भनिन्, ‘आफूसहित पतिपत्नीको दाम्पत्य जीवन राम्रो होस् । सबैको कल्याण होस् भनेर गौरा मनाउने गरिएको छ । छोराछोरीको आयु लामो होस् भनेर पनि गौरा मनाइन्छ ।’
महिलाको गाथा बोकेको यो पर्व विशेष गरेर महिलाले नै मनाउने गर्छन् । गौरा पर्व महिलाको स्वतन्त्रताको रुपमा लिइन्छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया