प्रदेश सभापतिहरूको सम्मेलन पोखरामा हुने, देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सभापतिहरूको सम्मेलनको उद्घाटन गर्ने गरि पोखरामा तयारी सुरु भएको छ ।

भदौको १६ र १७ गते पोखरामा प्रदेश सभापतिहरूको सम्मेलनको तयारी गरिएको छ । सम्मेलनको उद्घाटन सभापति देउवाले गर्नेछन् ।

प्रदेश सभापतिहरूको भेलाको तयारी गण्डकी प्रदेश कांग्रेसले गरेको छ । प्रदेश सभापतिहरूको सम्मेलनमा पोखरामा हुन लागेको विषयमा केन्द्रीय कार्यालयले औपचारिक रुपमा केही भनेको छैन ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सभापति शेरबहादुर देउवालाई प्रदेश सभापति सम्मेलनको जानकारी गराइसकेको बताएका छन् ।

कोशी प्रदेशको सभापति उद्धव थापा, मधेश प्रदेशको सभापति कृष्ण यादव, बागमती प्रदेशको सभापति ईन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशको सभापति शुक्रराज शर्मा छन् ।

लुम्बिनी प्रदेशको सभापति अमरसिंह पुन, कर्णाली प्रदेशको सभापति जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशको सभापति वीरबहादुर बलायर रहेका छन् ।

Published : Wednesday, 2023 August 23, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया