कांग्रेसभित्र दण्डहीनता बढेका बेला सभापति देउवाद्वारा अनुशासन समिति विस्तार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चार जनालाई केन्द्रीय अनुशासन समितिको सदस्यमा मनोनयन गरेका छन् ।

मंगलबार कांग्रेसद्वारा जारी विज्ञप्तिअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (७) बमोजिम समितिको सदस्यहरूमा पार्टीका केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, धु्रव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई सदस्यमा मनोनयन गरेको उल्लेख छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त रहेको संयोजक पदमा निवर्तमान महान्यायधिवक्ता, केन्द्रीय निर्वाचन समितिका पूर्व सदस्य एवं अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गरिएको छ ।

कांग्रेसका केन्द्रीय नेताहरूले अनुशासनहीन र विधान विपरितका कार्यहरू गरिरहेका बेला सभापति देउवाले केन्द्रीय अनुशासन समितिलाई विस्तार गरेका छन् ।

नेपाल महिला संघका मनोनीत टीके २० जना केन्द्रीय सदस्यहरूले ९ जिल्लामा सभापति बनाएको घोषणा गरेका छन् । उनीहरूले अनुशासनहीन काम गरेका छन् । टीके केन्द्रीय सदस्यहरूलाई कारबाहीको माग उठेको छ ।

Published : Tuesday, 2023 August 22, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया