सभापति देउवाले यस कारण एआईजी र एसएसपी सरुवामा दवाव दिएका होइनन्
काठमाडौं । नेपाली कांग्रेसका बहालवाला सांसद मोहम्मद अफ्ताब आलमलाई पक्राउ गरेका नेपाल प्रहरीका एसएसपी भुपेन्द्रबहादुर खत्रीलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी दिएका छन् ।
सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा हेडक्वाटरले खत्रीलाई काठमाडौं प्रहरीको प्रमुख बनाएको हो ।
पहिलो संविधान सभा निर्वाचनको बेला बम बनाएको र मानिसहरू जलाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रमुख रहेका बेला खत्रीले कांग्रेस नेता आलमलाई पक्राउ गरेका थिए । मानिस जलाएको अभियोगमा आलम अहिले पनि पुर्पक्षका लागि जेलमा छन् । उनको अदालतमा मुद्धा चलिरहेको छ ।
त्यतिबेला नेपाल प्रहरीको प्रधान कार्यालय, नक्सालको विशेष योजनामा आलमलाई पक्राउ गरिएको थियो । खत्रीले जिल्ला प्रहरी कार्यालयबाट विज्ञप्ति निकालेर आलमलाई आफूले पक्राउ गरेको भनेर जस लिएका थिए ।
विभिन्न सञ्चारमाध्यममा कांग्रेसका सभापति शेरबहादुर देउवाको दवावमा एआईजी र एसएसपीहरूको सरुवा गरिएको भनेर समाचार आएका छन् । यदि देउवाले प्रहरीको सरुवा गराएकै थिए भने एसएसपी खत्रीलाई काठमाडौं प्रहरीको प्रमुखमा ल्याउने थिएनन् । देउवाले आफू निकटका एसएसपीलाई सिफारिस गर्ने थिए ।
महानगरीय प्रहरी कार्यालयको प्रमुखमा पनि देउवाले एआईजी दीपक थापाको ठाउँमा अर्कै एआईजीलाई ल्याउने थिए ।
एआईजी थापा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका हुन् । एआईजी थापाको भरतपुरकी मेयर रेणु दाहालसँग निकट मानिन्छन् ।
सामाजिक सञ्जालमा सभापति देउवाले एआईजी सरुवा गर्न दबाब दिए भन्नेहरूलाई एमाले निकटको वेबपोर्टलले एसएसपी खत्रीका विषयमा लेखेको समाचार पढ्न सुझाव दिइएको छ ।
‘अब कुन चर्चित सासंद पक्राउ पर्ने हो त्यो हेर्न बाँकी छ । प्रधानमन्त्री, गृहमन्त्री र यो सरकारले जे गरिराखेको छ ठीकै गरिराखेको छ । भ्रष्टचार, अनियमितता र अपराधविरुद्ध महाभारत शुरु भइसकेको छ’, सामाजिक सञ्जालमा भनिएको छ ।
‘यो महाभारतमा प्रधानमन्त्री दाहाल भनेको अर्जुन हुन् । शेरबहादुर देउवाले श्री कृष्णको भूमिका निभाइरहेका छन्’, फेसबुकमा लेखिएको छ, ‘कौरवको समूहमा पनि राम्रा मानिस जस्तै गंगापुत्र भीष्म पितामह, विदुर, कर्ण, द्रोणाचार्य, कृपाचार्य, अस्वथामा आदि नभएका होइनन् ।’
‘उनीहरू सबै अर्जुनलाई हराउने पक्षधरतिर लागे । त्यस्तै नेपाली राजनीतिमा अहिले भ्रष्टचार, अनियमितता र अपराधको विरुद्ध लडिरहेका प्रचण्डलाई काम गर्न नदिन राम्रा भनिएका नेताहरू पनि गलत पक्षधर शकुनी र दुर्योधनतिर लाग्दा समय धेरै लागेको हो’, सामाजिक सञ्जालमा भनिएको छ ।
‘जे हुन्छ राम्रैको लागि हुन्छ । युद्ध शुरु गर्न शंख फुकिसक्दा अर्जुनले हतियार उठाउँदैन भन्दा जसरी श्रीकृष्णले गीताको ज्ञान दिने बेला कौरव पक्षधरहरूले अर्जुनलाई खिस्साएका थिए । त्यस्तै बेला हो यो । कयौँले प्रचण्डको यो सरकारलाई केहि गर्न सक्दैन भनेर उडाइरहेका छन्’, सामाजिक सञ्जालमा भनिएको छ ।
‘जब गीताको ज्ञान लिइसकेर पुन: हतियार उठाउँछन् तब कोही भ्रष्टचारीहरू उम्कने छैनन् भन्ने पूर्ण विश्वास हामीलाई लागेको छ’, सामाजिक सञ्जालमा राखिएको स्टाटसमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया