स्व.प्रदीप गिरी समाजवादी चिन्तक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. प्रदीप गिरी संस्थापक नेता वीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले समाजवादी चिन्तकको रूपमा वीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताए ।

उनले गिरीका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताएका छन् । देउवाले अन्तर्राष्ट्रिय मञ्चहरूमा गिरीले समाजवादको व्याख्या गरेको बताए । उनले बहुलवादका विषयमा पनि गिरीको व्याख्या निकै राम्रो रहेको बताएका छन् ।

‘उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रूपमा लिएको छु । उहाँका लेख, कृतिहरू पार्टीले प्रकाशित गर्नुपर्छ’, उनले भने ।

‘त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ’, सभापति देउवाले भनेका छन् । उनले गिरीको चिन्तकबाट पार्टीले लाभ लिन सक्ने पनि बताएका छन् ।

गिरीप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताएका छन् ।

Published : Monday, 2023 August 21, 3:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया