राना थारु समुदायका महिलाहरूको पर्वमा कांग्रेस नेतृ डा.राणा सहभागी
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद डा.आरजु राणाले राना थारु समुदायले मनाउने तीज पर्वको कार्यक्रममा सहभागी भएकी छिन् ।
शनिबार कैलालीमा आयोजित विशेष कार्यक्रममा डा.राणा तीज पर्वको कार्यक्रममा सहभागी भएर राना थारुहरूको परम्पराअनुसार पूजामा सरिक भएकी छिन् ।
उनले राना थारु समुदायको तीज पर्वमा सहभागी हुन पाउँदा खुसी लागेको बताएकी छिन् ।
तीज पर्व राना थारु समुदायको ठूलो पर्व मानिन्छ । राना थारु समुदायका महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर साँझ नदीमा पूजाआजा गरेर त्यहिँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन छ ।
कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायले तीज पर्व विशेष रुपमा मनाउने गरेको छ । कांग्रेस नेतृ डा.राणालाई राना थारु समुदायका महिला र कांग्रेसका नेता तथा कार्यकर्ताले विशेष स्वागत गरेका थिए ।
यसैबीच, कांग्रेस नेतृ डा.राणा नेपाल विद्यार्थी संघ कैलालीद्वारा आयोजित रक्तदान तथा वनभोज कार्यक्रममा सहभागी भएकी छिन् । उनले नेविसंघका नेता कार्यकर्तालाई संगठन निर्माणमा लाग्न निर्देशन समेत दिएकी छिन् ।











बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया