सुमेरुका मालिक र पदाधिकारीहरू भाग्न गुन्टा तयार पारे, करोडौंको सम्पत्तिमा स्यालको रज्याइँ
काठमाडौं । ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको अगाडिबाट संचालनमा आएको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले हजारौँ निक्षेपकर्ताको अरर्बौ रुपियाँ डुबाएको छ ।
सुमेरुलाई डुबाएर त्यसका मालिकसहितका पदाधिकारी र हाकिमहरू भागेर हिँडेका छन् । सुमेरुका मुख्य मालिक भरत महर्जन यसअघि नै कागजपत्र मिलाएर विदेश फरार भइसकेका छन् । भरत महर्जनका विरुद्ध नेपाल प्रहरीमा उजुरीहरू परेका छन् । भरत महर्जनलाई ईन्टरपोलमार्फत नेपाल झिकाउने तयारी भइरहेका बेला सुमेरु सहकारीका पदाधिकारीहरू पनि भाग्ने तयारीमा रहेको पीडितहरूले बताएका छन् ।
निक्षेपकर्ताले आफ्नो रकम माग गरेपछि सुमेरुका पदाधिकारीसहितका मानिसहरू लुकेर भाग्ने गरेको आरोप छ । कोरोना महामारीको बहाना बनाएर पाँच वर्षभित्र संचालक समितिका पदाधिकारीहरूले निक्षेपकर्ताहरूले डिपोजिट गरेको रकमको दुरुपयोग गरेका छन् ।
सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका जिम्मेवारी मानिसहरू लुकेर भागेका छन् । सचिव विनोद आचार्य र कोषाध्यक्ष सुनिल महर्जनले पाँच वर्षको कार्यकालमा विभिन्न बहाना बनाएर आर्थिक अनियमितता गरी अकुत सम्पत्ति जोड्न सफल भएको आरोप छ ।
सचिव आचार्य पनि १५ वर्षदेखि अडिटरको भूमिका निर्वाह गर्दै आइरहेका व्यक्ति हुन् । उनीहरू सुमेरु सहकारीमा चप्पल लगाएर प्रवेश गरेका हुन् । सुमेरु सहकारीको रकम दुरुपयोग गरेर उनीहरू अहिले अरबौंको सम्पत्ति जोड्न सफल भएको आरोप छ ।

पाँच वर्षभित्र सचिव आचार्य र कोषाध्यक्ष सुनिल महर्जनले ५ वर्षमा तहसनहस बनाउँदै सहकारीलाई डुबाउने काम गरेका छन् । विवादित छवि बनाएका कृष्णप्रसाद कँडेल र रविन्द्र चौंलागाईंको समूहलाई सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभको अवैधानिक तरिकाले विशेष साधारण सभा गरेको आरोप छ ।
कँडेल र चौंलागाईं समूहले सुमेरुको भक्तपुरको दुवाकोटको जग्गा बिक्री र सहकारीको स्वामित्वमा रहेको विभिन्न संस्थाहरूबाट २० करोड रुपियाँ अपचलन गरेको आरोप छ ।
सचिव आचार्यले निक्षेपकर्तालाई विभिन्न प्रलोभन र आश्वासन देखाएर रकम बचत गर्न लागएका थिए । अहिले उनीहरूले रकम फिर्ता गर्न सकेका छैनन् ।
आचार्यले जनकपुरका प्रदीप झालाई सुमेरु हस्पिटल भाडामा लगाएर दिएर महिनाको ५/५ लाखका दरले कमिशन खाने गरेको आरोप छ । आचार्यको समूहले सुमेरु सिटीको आम्दानी पनि अपचलन गरेको आरोप छ । सुमेरु सिटीले दैनिक ३० लाखसम्मको व्यापार गर्ने गरेको छ । आरोपितहरूसँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।
हजारौँ निक्षेपकर्ताहरूको रकम सुमेरुबाट डुबाइदिने धमिरा र काण्ड गर्नेहरूका बारेमा निरन्तर समाचार आउनेछन् । निक्षेपकर्ताको रकम सहज रुपमा फिर्ता गरेर धमिराहरूले कारबाहीबाट बच्नुपर्छ । होइन भने प्रहरीले उनीहरूलाई अवश्य दण्ड दिनेछ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया