कांग्रेसभित्र सरकार परिवर्तनको कुरा आएन, शर्मालाई कुटपिट

काठमाडौं । नेपाली कांग्रेसले सरकार परिवर्तनको विषय नआएको स्पष्ट पारेको छ ।

सिंहदरबारमा शुक्रबार र आइतबार बसेको संसदीय दलको बैठकमा धेरै विषय उठेको र महत्वपूर्ण विषयहरूलाई सोमबार पारित गरिने प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । उनले भने, ‘सरकार बदल्ने, ढाल्ने, अर्को बनाउने कुरा भएको छैन ।’

हालसम्म ५० जना सांसदले धारणा राखेका छन् । बाँकीले सोमबार बिहान ११ बजे बस्ने बैठकमा बोल्ने छन् ।

‘सांसदहरूले धारणा राख्नेक्रम चलिरहेको छ । आजसम्म ५० जना साथीहरूले धारणा राख्नुभयो’, उनले भने, ‘अब भोलि (सोमबार) थप साथीहरूले धारणा राखेपछि महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै हामी बैठकको समापन गर्नेछौं ।’

उनले बैठकमा सांसदहरूले सार्वजनिक सरोकार, संसद र सरकारसँग सम्बन्धित विभिन्न विषयहरूमा धारणा राखिरहेको बताए ।

सांसद सुनिल शर्मा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीप्रति आफूले नैतिकताको प्रश्न तेर्साएको बताएका छन् ।

उनले मन्त्रीहरूलाई आफूले प्रश्न उठाएकै कारण उत्तरकोरियाको कम्युनिस्ट शासनको स्टाइलमा आफूलाई पक्राउ गरिएको बताए ।

शर्माले आफूलाई प्रहरीले आतंककारीलाईझैं उठाएर लगेर हातपात गरेको गुनासो समेत गरेका छन् ।

‘उत्तर कोरियाको कम्युनिस्ट शासनको स्टायलले आतंककारीको शैलीमा मलाई पक्राउ गरियो’, उनले भने, ‘मलाई पक्राउ पूर्जी समेत दिइएन । मैलेभित्र धेरै झगडा गरिसकेपछि ममाथि हातपात भयो । मलाई साढे ५ बजेमात्रै मलाई पक्राउ पूर्जी दिइयो । ममाथि दुई पटक हातपात गरियो ।’

उनले भने, ‘गल्ती मैले गरेको पनि हुनसक्छु । तर यहाँ ममाथि त सरकारबाटै गल्ती भयो ।’

Published : Monday, 2023 August 14, 12:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया