सुन तस्करीमा महराका बाबु-छोरालाई फोन कलको आधारमा कारबाही हुँदैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । नेपाली कांग्रेस र एमालेका नेताहरूविरुद्ध कसैले बयानमा आरोप लगाएकै भरमा पक्राउ गरेर थुनामा पठाएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेदभावपूर्ण अभिव्यक्ति दिएका छन् ।
आइतबार बालुवाटारमा बसेको माओवादी केन्द्रको बैठकमा गृहमन्त्री श्रेष्ठले कल डिटेलका आधारमा माओवादीका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई कारबाही गर्न नसकिने बताएका हुन् । स्रोतका अनुसार माओवादीका नेता समेत रहेका गृहमन्त्री श्रेष्ठले महरा र उनका छोरालाई कारबाही नगर्ने बताएका छन् ।
श्रेष्ठले फोन कलको आधारमा कारबाही गर्न नमिल्ने प्रस्ट पार्दै थप प्रमाण नभेटिएको जनाएका छन् । उनले मिडियाले लेखेको भरमा पक्राउ गर्न नमिल्ने पनि बताएका छन् ।
गृहमन्त्री श्रेष्ठले निकै भेदभावपूर्ण गतिविधिहरू गरिरहेका छन् । श्रेष्ठले राजनीतिक प्रतिशोधका भरमा कांग्रेस र एमालेका नेताहरूमाथि कारबाही गर्न दवाव दिइरहेका छन् ।
सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको सुन तस्करहरूसँग निरन्तर फोन गरेको देखाएको जनाएको छ ।
महराका बाबु र छोरालाई बचाउने गरेर गृहमन्त्री श्रेष्ठले माओवादीको बैठकमा अभिव्यक्ति दिएपछि सबैलाई हैरान बनाएको छ ।
गृहमन्त्री श्रेष्ठले कांग्रेसका नेताहरूविरुद्ध आफ्ना गतिविधिहरू केन्द्रित बनाएका छन् । कांग्रेसका सांसद सुनिल शर्मालाई पनि पक्राउ गराएर दु:ख दिएका छन् ।
कांग्रेसकी नेतृ डा.आरजु राणा, मञ्जु खाण लगायतका नेतृहरूको पनि चरित्र हत्या हुने गरेर गृहमन्त्री श्रेष्ठले निकै ठूलो हर्कत गरेका छन् ।
माओवादीका नेताहरू सुन तस्करी प्रकरणमा मुछिएको प्रतिवेदन सीआईबीले तयार पार्दा पनि पक्राउ गर्ने छाँटकाँट देखाएका छैनन् । बरु माओवादीका नेताहरूलाई बचाउने अभिव्यक्ति दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया