कांग्रेसका सांसद शर्माले ओलीलाई राष्ट्र नायकभन्दै भेट, एमालेमा प्रवेश गर्न लागेका हुन् ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् ।
आइतबार बिहान ९ बजे बालकोटमा शर्माले एमालेका अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । ओलीलाई सांसद शर्माले धन्यावाद दिएको बुझिएको छ ।
नक्कली प्रमाणपत्रको छानबिनका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बिहीबार शर्मालाई पक्राउ गरेको थियो । शुक्रबार जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएपछि शर्मा रिहा भएका थिए ।
थुनामुक्त भएपछि शर्माले आफ्नो बाबुसमान भन्दै एमालेका अध्यक्ष ओलीको प्रशंसा गरेका छन् । कांग्रेसका सांसद शर्माले एमालेका अध्यक्ष ओलीलाई राष्ट्र नायक भनेर प्रशंसा गरेका थिए ।
शर्मा पक्राउ पर्नेवित्तिकै कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गरेका थिए ।
त्यसपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धुम्बाराहीस्थित निवासमा बोलाएर सांसद शर्माको पक्राउका बारेमा जानकारी मागेका थिए ।
शर्मा एमालेमा प्रवेश गर्न लागेको आरोप लागेका बेला बालकोटमा गोप्य भेटवार्ता भएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया