राप्रपाका ठूलो नेताहरूको भक्तपुरमा गोप्य बैठक, ओलीको पुच्छर बनेपछि लिङ्देनको विरोध
काठमाडौं । अध्यक्ष राजेन्द्र लिङ्देनको अहँकार र एकलौटी निर्णय गर्ने कार्यप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र विवाद देखिएको छ ।
शनिबार भक्तपुरको लोकन्थलीस्थित पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको निवासमा राप्रपाको एउटा समूहको बैठक बसेको छ । बैठकमा राप्रपाको निर्देशन समितिका अधिकांश सदस्यहरूको उपस्थिति रहेको थियो ।
बैठकमा डा.प्रकाशचन्द्र लोहनी, दीपक बोहोरा, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, उपाध्यक्षहरू हेमजंग गुरुङ, उद्धव पौडेल, महामन्त्री धवलशम्शेर राणा, राजेन्द्र गुरुङ र कोषाध्यक्ष नीलकण्ठ काफ्ले, नवराज सुवेदी, हरिबहादुर बस्नेत, जयन्त चन्दसहितका नेताहरू उपस्थिति थियो ।
पशुपतिशम्शेर जबरा, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, भुवन पाठक, कुन्ती शाहीलगायतका नेता भने भेलामा सहभागी भएनन् । उनीहरूलाई पनि निम्तो थियो ।
उपाध्यक्ष उद्धव पौडेलले बैठकमा नेता लोकेन्द्रबहादुर चन्दसँग पार्टीभित्र आफूहरूलाई अध्यक्ष लिङ्देन र उनको समूहबाट बेवास्ता भएको गुनासो गरेका छन् । राप्रपाको नेतृत्वले बेवास्ता गरेपछि आफूहरू कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमा आएको पौडेलले बताएका छन् ।
राप्रपाको नाममा डा.प्रकाशचन्द्र लोहनी र रविन्द्र मिश्रले गुटबन्दी गरेको आरोप लागेको छ । डा.लोहनी र मिश्रले राप्रपामा आफ्नो प्रभाव देखाउन गुटको बैठक राखेको चर्चा छ ।
हरिबहादुर बस्नेत र नवराज सुवेदीले नेता लोकेन्द्रबहादुर चन्दसँग भेट गरेर राप्रपाभित्रको आन्तरिक विवादका विषयमा जानकारी गराएका थिए । त्यसपछि शनिबार गुटको बैठक बसेको छ ।
लिङ्देन पञ्चायतको पतनपछि सक्रिय राजनीतिमा आएका हुन् । लिङ्देनले अध्यक्ष हुँदा गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै वरिष्ठ नेताहरू असन्तुष्ट छन् ।
२०७८ मंसिरमा भएको पार्टीको महाधिवेशनमा वरिष्ठ नेताहरूलाई फरक–फरक जिम्मेवारीको आश्वासन दिइए पनि लिङ्देनले त्यसलाई पूरा गरेका छैनन् । अध्यक्ष लिङ्देन एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको पुच्छर बनेको र आफ्नो व्यक्तिगत स्वार्थमा मात्रै हिँड्ने गरेको आरोप छ ।
पञ्चायत पृष्ठभूमिको राप्रपामा पटक–पटक एकता र विभाजन हुँदै आएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया