एक सय किलो सुन तस्करी प्रकरणका सबैभन्दा ठूलो आशंका गरिएका मान्छे पनि छुटे
काठमाडौं । झण्डै एक सय किलो सुन तस्करी प्रकरणमा मुछिएका विवादास्पद व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकियालाई त्रिभुवन विमानस्थल अध्यागमनको कार्यालयले रिहा गरेको छ ।
अध्यामगनको हिरासतमा रहेका रोहन शनिबार बिहान १० बजे रिहा भएका हुन् । सुन तस्करी प्रकरणमा उनलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको थियो ।
भारतीय नागरिक रोहनलाई सुन तस्करीमा संलग्नताको आशंकामा पक्राउ गरिएको हो । विभागले दुई साताअघि नै अडुकिया बाबुछोरालाई शंकाको सूचीमा राखेर अध्यागमन विभागलाई पत्राचार गरेको थियो ।
नेपालबाट विदेश आउजाउ गरेको रोहनको रेकर्ड अस्वाभाविक रहेको बताइएको छ ।
अध्यागमन विभागले दिएको जानकारीअनुसार उनी १६ महिनामा ४१ पटक नेपाल आएका छन् । उनका बाबु राकेश फरार छन् ।
सुन काण्डको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) आफ्नो अनुसन्धानमा रोहनसँगको कनेक्सन नदेखिएको भन्दै जिम्मा लिन नमानेपछि उनी अध्यागमनकै हिरासतमा रहेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया