सभापति देउवासँग गृहमन्त्री श्रेष्ठको भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेट गरेका छन् ।
काठमाडौंको धुम्बाराहीस्थित निवासमा शुक्रबार राति सभापति देउवासँग गृहमन्त्री श्रेष्ठले भेट गरेका हुन् । भेटमा के विषयमा कुराकानी भएको हो केही भनिएको छैन ।
कांग्रेस संसदीय दलको बैठकपछि देउवाले गृहमन्त्री श्रेष्ठलाई पार्टीका सांसद सुनिल शर्मा पक्राउ प्रकरणबारे बिफ्रिङ लिन निवासमम बोलाएको स्रोतको भनाइ छ ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार गृहमन्त्री श्रेष्ठले मुलकको सुरक्षा अवस्था र सांसद शर्मा पक्राउ प्रकरणबारे बिफ्रिङ गरेका छन् ।
नक्कली प्रमाणपत्र प्रकरणमा कांग्रेसका सांसद सुनिल शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो । शर्मालाई काठमाडौं जिल्ला अदालतले छाड्न आदेश दिएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया