सबैले गाली गरेका डा.लामाले मायादेवी मन्दिर मर्मत गर्न ७ करोड दिए, पहिलो बैठकबाटै सुधारको संकेत
काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले मायादेवी मन्दिरको जीर्णोद्धार तथा विस्तारका लागि व्यक्तिगत रुपमा सात करोड रुपियाँ दिने प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार लुम्बिनीमा बसेको कोषको बैठकमा भगवान बुद्धको जन्मस्थल, लुम्बिनीको ऐतिहाँसिक मायादेवी मन्दिरमा आएका विविध समस्याहरू समाधान गर्नका लागि डा.लामाले ७ करोड दिने जनाएका हुन् ।
‘आगामी कार्यकारिणी समिति वा परिषद बैठकमा नेपाल सरकारको आर्थिक सहयोगविना दाताहरूको सहयोगमा मायादेवी मन्दिर जीर्णोद्धार गर्ने प्रस्तावतयार गरी पेश गर्ने साथै प्रस्ताव स्वीकृति भए पश्चात शुरुवाती कोष स्थापनाको लागि उपाध्यक्ष डा.ल्हरक्याल लामाबाट ७ करोड आर्थिक सहयोग उपलब्ध हुने प्रतिबद्धता प्राप्त भयो’, निर्णयमा भनिएको छ ।
लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने विषयमा पनि बैठकमा छलफल भएको छ । तर, ठोस निर्णय भएको छैन ।
निर्णयमा भनिएको छ, ‘लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्नेसम्बन्धमा आगामी कार्यकारिणी समिति वा परिषद बैठकमा प्रस्ताव पेश गर्ने ।’
बैठकमा उपाध्यक्ष डा.ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्य सचिव सानुराज शाक्य र योजना प्रमुख सरोज भट्टराईको उपस्थिति रहेको थियो ।
मायादेवी मन्दिर जीर्ण भएर पानी चुहिने अवस्थामा छ । कुनै पनि बेला मन्दिर भत्किन सक्ने जोखिममा छ । उपाध्यक्ष डा.लामाले पहिलो बैठकबाटै कोष खडा गरेर मायादेवी मन्दिरको जीर्णोद्धार गर्न आफैले ७ करोड दिएका छन् । उनले मायाँदेवीको मन्दिर जीर्णोद्धार गर्न दाताहरूबाट रकम संकलन गर्ने जनाएका छन् ।
पूर्वअर्थराज्यमन्त्री र पूर्वसांसद समेत रहेका डा.लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको भनेर विरोध भएका थिए । अहिले आएर पहिलो बैठकबाटै डा.लामाले मायादेवीको जीर्ण बनेको मन्दिरको मर्मत सम्भारका लागि आफ्नै व्यक्तिगत ७ करोड रकम दिने निर्णय गरेर सकारात्मक सन्देश दिएका छन् ।
लुम्बिनी विकास कोषमा आउने उपाध्यक्ष वा अन्य राजनीतिक नियुक्ति पाएकाहरूले लुम्बिनीलाई दिनेभन्दा पनि कमाइ खाने ठाउँ बनाए । तर, डा.लामाले लुम्बिनीको विकास र सुधारको संकेत गरेका छन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया