ओलीलाई क्रिश्चियन धर्म प्रचारकले विदेश घुमाएको खुलासा, विवादित होली वाइन् ढकालले गरे ठूलो खर्च

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई क्रिश्चियन धर्म प्रचारकको आरोप लाग्दै आएका एमालेका सांसद एकनाथ ढकालले कम्बोडिया लगेर भ्रमण गराएको खुलासा भएको छ ।

ओलीले कम्बोडिया पुगेर नेपालमा धेरै विवादमा परेको युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई सम्बोधन गरेका छन् । नेपालमा ‘होली वाइन’ भनेर चिनिने फेडेरेसनको कार्यक्रमलाई सम्बोधन ओलीले सम्बोधन गरेका छन् ।

‘शान्ति र लोकतन्त्रको लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई अध्यक्ष ओलीद्वारा सम्बोधन’, ओलीको सचिवालयले तस्बिरसहित दिएको सूचनामा भनिएको छ ।

निर्वाचन पर्यवेक्षणका लागि पत्नी राधा शाक्यसहित एमालेका अध्यक्ष ओली साउन २ गते कम्बोडिया गएका थिए । ओली र उनकी पत्नी राधिका शाक्यको कम्बोडियाको खर्च विवादित व्यक्ति तथा एमालेका सांसद ढकालले गरेको चर्चा छ ।

ढकाल एमालेका अध्यक्ष ओलीसँग निकै निकट मानिन्छन् । क्रिश्चियन धर्मको प्रचार गर्दै आएका ढकालकी पत्नी विदेशी नागरिक हुन् ।

ओलीले साउन ६ गते अर्थात् २२ जुलाईमा कोरियाली क्रिस्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा सम्बोधन गरेको विषयले खैलाबैला बनाएको छ । ओली साउन ८ गते नेपाल फर्किसकेका छन् ।

युनिभर्सल पिस फेडेरेसनकाले नेपालमा केही वर्षअघि गरेको कार्यक्रममा तत्कालीन नेकपाका अध्यक्ष तथा त्यसबेलाका प्रधानमन्त्री समेत रहेका ओली र नेता माधवकुमार नेपाल सहभागी भएका थिए ।

होटल हायातमा भएको कार्यक्रममा प्रधानमन्त्री नै सहभागी भएको भनेर चर्को विरोध भएको थियो । त्यसबेला परिवार दलका अध्यक्ष समेत रहेका पूर्वमन्त्री तथा सांसद ढकाल फेडेरेसनको नेपाली एजेण्ट रहेका थिए ।

Published : Thursday, 2023 August 10, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया