कांग्रेसका सांसद शर्मा एमालेको पुच्छर बने, सरकार ढालेर ओलीलाई प्रधानमन्त्री बनाउने
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रमुख प्रतिपक्ष नेकपा (एमाले)लाई साथ दिएर अभिव्यक्ति दिएपछि नैतिकताको प्रश्न उठेको छ ।
बुधबार संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । एमालेले पनि गृहमन्त्री र अर्थमन्त्रीको घुमाउरो भाषामा राजीनामा माग गरिरहेको छ ।
मेडिकल माफियाका रुपमा परिचित कांग्रेसका सांसद शर्माले कांग्रेसबाट निर्वाचित भएर गठबन्धनको सरकारका गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेर सबैलाई चकित तुल्याइदिएका छन् । शर्माले अनुशासन उल्लंघन गरेको आरोप लागेको छ ।
शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरूले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्ने बताएका छन् । उनले सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाएका छन् ।
उनले संसद् अवरोधको बाटोमा लैजाने जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । शर्माले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिनेकुरामा कसैको हानी नहुने बताएका छन् ।
उनले राजस्व अनुसन्धान र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मात्रै अनुसन्धानको निष्कर्ष निकाल्न नसक्ने बताएका छन् ।
सरकारी संयन्त्रको दुरुपयोग गरी सुन तस्करी भएकाले सरकारी संयन्त्रबाट नै अनुसन्धान निष्पक्ष हुन्छ भन्न नसकिने उनको छ ।
शर्माले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न नेकपा (माओवादी केन्द्र) का सांसदहरूले नै नमानेको र ढिलो चाँडो उच्चस्तरीय समिति बनाउन माओवादी तयार हुनुपर्ने बताएका छन् ।
‘यत्रो सुनकाण्ड भएको छ । सम्बन्धित मन्त्रीले राजीनामा गरेर सरक्क बाटो सहज गर्नुको सट्टा संसद् अवरोधको बाटोमा लैजाने जिम्मा त सरकारले पनि लिनुपर्यो नि ! दुई जनाले सरक्क राजीनामा गर्ने, अनुसन्धानको बाटोलाई सहज बनाइदिने, शक्तिशाली संयन्त्र गठन गर्ने अथवा हाम्रो सचेतकले नयाँ सजेसन दिनुभएको छ नी, संसदीय समितिको राज्य व्यवस्था समितिलाई जिम्मा दिने’, उनले भने ।
‘त्यो त मिनी पार्लियामेन्ट हो नि ! त्यहाँ फूल अथोरिटीसहित त्यसलाई जिम्मा दिँदा के बिग्रियो’, शर्माले भने, ‘अहिले माओवादीका साथीहरू मानिरहनुभएको छैन ।’
मेडिकल माफिया सांसद शर्माले सरकारी बीमाको ठेक्का विनाप्रतिस्पर्धा आफूले माग गरेका थिए । अर्थमन्त्री डा.प्रकाशशरण महतले रोकिदिएका थिए । बीमाको रकमबाट कमाइ गर्ने धन्दा बन्द भएपछि अहिलेको सरकार ढाल्ने गतिविधि र हर्कतमा शर्मा लागेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री बनाउने अभियान स्वरुप आफ्नो पार्टी कांग्रेसको नीति विपरितका गतिविधि र हर्कत गरिरहेका छन् । शर्माले एमालेका अध्यक्ष ओलीलाई बालकोटमा गएर पटक पटक भेट गरिसकेको स्रोतको भनाइ छ ।
एमालेको मागलाई कांग्रेसका सांसद शर्माले किन बोकेका छन् ? प्रश्न उठेको छ । ओलीको उक्साहटमा लागेर शर्माले गतिविधि गरिरहेको चर्चा छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया