राप्रपालाई सरकारमा ल्याउने, कोशीमा थापालाई बचाउने

काठमाडौं । कोशी प्रदेशको सरकारमा ल्याउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सत्ता गठबन्धन दलका नेताहरूले सम्वाद गरिरहेका छन् ।

नेपाली कांग्रेसका कोशी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारले विश्वासको मत लिने तयारीमा छ । थापा नेतृत्वको कोशी सरकारले विश्वासको मत पाउने पक्का छ । तैपनि थापाले राप्रपालाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

रौतहटको गौर घटनाको छानविनको माग गरेर आन्दोलन भएपछि रिसाएका जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएका थिए ।

स्रोतका अनुसार अध्यक्ष यादवको धम्कीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर घटनाका विषयलाई थामथुम बनाएका छन् । यादव अहिले पनि सन्तुष्ट छैनन् ।

जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री दाहालले राप्रपालाई भित्र्याउने योजनामा छन् ।

जसपाका १२ सांसद छन् । राप्रपाका १४ सांसद छन् । राप्रपालाई केन्द्र सरकारमा ल्याएमा कोशी प्रदेशको सरकार पनि सुरक्षित रहनेछ ।

Published : Wednesday, 2023 August 9, 3:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया