एमालेले जबरजस्ती गरेपछि रामहरिद्वारा विरोध, कांग्रेस र एमालेबीच घम्साघम्सी
काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेले प्रतिनिधि सभाको बैठक अबरोध गरेपछि नेपाली कांग्रेसले नियमावलीको कुरा उठाएर आपत्ति जनाएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेले शुरुमा बोलेको थियो । त्यसपछि दलीय प्रतिनिधिका रुपमा एक/एक जनाले बोलेका थिए ।
सबैले सुन तस्करी प्रकरणमा बोलेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका थिए । श्रेष्ठले उचित जवाफ नदिएपछि एमालेले संसद अबरोध गरेको थियो ।
कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीले जवाफ दिएपछि संसदको कारबाही अगाडि बढाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका थिए । एमालेका सांसदहरूले विरोध गरेर नारावाजी गरेका थिए ।
त्यसपछि कांग्रेसका सांसद राजन केसीले पनि संसदको नियमावलीअनुसार सदन चलाउन माग गरेका थिए ।
एमाले समर्थक सभामुख घिमिरेले सदन अगाडि बढाएनन् । उनले बुधबारसम्मका लागि संसदको बैठक स्थगित गरिदिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया