प्रदीप अधिकारीको कर्तुतहरूबारे सांसद सिंहको नयाँ खुलासा

काठमाडौं । सांसद अमरेशकुमार सिंहले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कर्तुतहरूका बारेमा गोप्य खुलासा गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले महानिर्देशक अधिकारीलाई बचाउन सत्तारुढ दलकै दवावमा कारबाही नभएको बताए । उनले प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई त्रसाएर महानिर्देशक पद बचाएको बताए ।

उनले भने, ‘क्यानको डिजीले पर्यटनमन्त्रीलाई त्रसाइ–त्रसाइ सत्ताको साझेदारहरूले प्रधानमन्त्रीलाई त्रसाइ–त्रसाइ डिजीलाई हटाइयो भने हामी समर्थन गर्दैनौँ । समर्थन फिर्ता लिन्छौँ भनेर डिजीलाई बचाएको हो ।’

सांसद सिंहले भने, ‘उहाँहरूको उपदेश हामीले संसदमा सुन्नुपर्ने । अब ती उपदेश हामीले सुन्दैनौँ ।’

प्राधिकरणका महानिर्देशक अधिकारीलाई कारबाही गर्न मन्त्री किराँतीले दुई पटक स्पष्टीकरण सोधेका थिए । तर, अधिकारीले बालुवाटारसहित ठूलो पावर लगाएर आफ्नो महानिर्देशक पद बचाएका छन् । अधिकारीलाई महानिर्देशक पदमा बचाउन नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्रका केही सांसद र नेताहरू लागेका थिए ।

महानिर्देशक पदमा अधिकारी आएपछि नेपाली आकाश निकै असुरक्षित भएको आरोप लाग्दै आएको छ । उनले प्राधिकरणको नेतृत्व राम्रोसँग गर्न नसकेको आरोप छ । अधिकारीले ठेक्कापट्टा र बजेट सक्ने गतिविधिहरू मात्रै गर्ने गरेको आरोप छ ।

Published : Tuesday, 2023 August 8, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया