सभापति देउवाको बर्दिबास र जनकपुरको कार्यक्रम स्थगित
काठमाडौं । भारी वर्षा भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जनकपुरधामको कार्यक्रम स्थगित भएको छ ।
दुई दिनदेखि जनकपुरधामसहितका क्षेत्रमा वर्षा जारी छ । मौसम प्रतिकुल रहेकाले कांग्रेस सभापति देउवाको जनकपुरधाम जाने कार्यक्रम स्थगित गरिएको छ ।
सभापति देउवा बुधबार जनकपुरधाम जाने कार्यक्रम थियो । जनकपुरधाममा कार्यकर्ता भेटघाट र बर्दिबासमा महिला संघको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो ।
Published : Tuesday, 2023 August 8, 5:46 pm
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया