प्रमुख दलका शीर्ष नेताहरूको बैठक, एमालेलाई ठाउँमा ल्याउने तयारी
काठमाडौं । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र र सभामुख देवराज घिमिरेबीच संसदको अबरोध हटाउने विषयमा छलफल भएको छ ।
सोमबार सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष खड्गप्रसाद ओलीबीच वार्ता भएको छ । वार्तामा तीन दलका प्रमुख सचेतकहरूको पनि उपस्थिति रहेको छ ।
सदनको अवरोध हटाउन र संसदीय समितिका सभापतिको निर्वाचनबारे छलफल गर्न शीर्ष नेताहरूलाई बोलाएको छ ।
एमालेले सुन तसकरी प्रकरणमा संसदीय छानविन समिति गठनको माग गरेर संसदमा अवरोध गरेको छ ।
साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवरोध गरेको थियो । दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया