लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा.लामा नियुक्त
काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा.ल्हारक्याल लामालाई नियुक्त गरेको छ ।
डा.लामाले आइतबार उपाध्यक्ष पदमा नियुक्ति गरेको पत्र बुझेका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकले डा.लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।
पूर्वअर्थराज्य मन्त्री समेत रहेका डा.लामा बौद्धसम्बन्धि विषयमा ज्ञान राख्छन् । उनीसँग अन्तर्राष्ट्रिय जगतसँग लुम्बिनीको विकास तथा पर्यटन प्रबर्धनमा काम गर्न सक्ने क्षमता पनि रहेको छ ।
उपाध्यक्षमा नियुक्त भएका डा.लामा लुम्बिनीको विकास, हित र संक्षणका लागि उपयुक्त व्यक्ति हुन् ।
पूर्वसांसद समेत रहेका डा.लामाले लुम्बिनीको विकास र प्रचार प्रसारमा काम गर्ने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई धन्यावाद दिएका छन् ।
उनले लुम्बिनीलाई विश्वभरि चिनाउन अझै भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । सरकारको निर्देशन र सल्लाहमा आफूले काम गर्ने प्रतिक्रिया दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया