आनी सिक्किममा, एजेन्टहरू काठमाडौंमा सक्रिय, बालकोट-बालुवाटार-धुम्बाराहीमा सलबलाए
काठमाडौं । आनी छोइङ्ग डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्न निकै मेहनत गरिरहेकी छिन् ।
तत्कालीन समयमा प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई एक करोड रुपियाँ दिएर चर्चामा आएकी आनीले कोषको उपाध्यक्ष पद तोकेकी छिन् । आनीले ओलीलाई प्रधानमन्त्री बनेका बेला तुइन हटाउने नाममा १ करोड दिएकी थिइन् ।
तत्कालीन समयमा आनीले हङकङबाट १५ करोड शंकास्पद रकम नेपाल भित्र्याएको भन्दै मेगा बैंक नेपालले रोक्का गरिदिएको थियो । आनीको खातामा जम्मा भएको रकमको स्रोत नखुलेपछि रोक्का भएको थियो ।
आनीको आर्थिक स्रोतका विषयमा बेलाबेला प्रश्न उठ्ने गरेको छ । त्यति मात्रै होइन आनीको नागरिकताका विषयमा पनि विवादास्पद कुराहरू बाहिर आइरहेका छन् । आनीको नागरिकताका विषयमा छानविनको माग पनि बेलाबेला उठ्ने गरेको छ ।
शक्ति केन्द्रसँग धेरै छिटो नजिक हुन सक्ने अदभुत क्षमता र कलाका कारण आनी बलियो आर्थिक अवस्थामा रहेको आरोप छ ।
आनीलाई समाज सेवामा भन्दा पनि व्यापारीका रुपमा धेरैले बुझ्ने गरेका छन् । आनीलाई यतिका रकम हङकङस्थित एसेट म्यानेजमेन्ट कम्पनीमा कार्यरत एक व्यक्तिले पठाएका थिए ।
बेलाबेला विवादमा पर्दै आएकी आनीले एमालेका नेताहरूमार्फत उपाध्यक्ष बन्न लबिङ गरिरहेको स्रोतले जनाएको छ । आनीले नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूलाई पनि लबिङ गरेर मनाउने प्रयास गरिरहेकी छिन् । त्यसका लागि आनीले आफ्ना विश्वासपात्र एजेन्ट (प्रतिनिधि)हरू परिचालन गरेको उच्च स्रोतले जनाएको छ ।
आनी आफू भने भारतको सिक्किम उडेकी छिन् । गान्तोकमा साउन २१ गते आइतबार हुने कार्यक्रममा भाग लिन सिक्किम गएको आनीले सामाजिक सञ्जालमार्फत जनाएकी छिन् ।
आनी सिक्किम गए पनि उनको मन भने उपाध्यक्ष पदका लागि काठमाडौंमा दौडीरहेको छ । आनीका एजेन्टहरूले एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूलाई निरन्तर भेटघाट गरेर आनीको पक्षमा लबिङ गरिरहेका छन् ।
आनीले यसअघि माओवादीका नेताहरूलाई भेटेर आफूलाई लुम्बिनी कोषको उपाध्यक्षमा नियुक्त गर्न आग्रह गरिसकेकी छिन् । उनका एजेन्टहरूका निकै ठूलाठूला धन्दा र हर्कत भइरहेका छन् ।
गायिका समेत रहेकी आनीसँग प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया