गुमनाम आनी लुम्बिनीको उपाध्यक्ष बन्न सक्रिय, विवादितलाई नियुक्त गरिसकेको चर्चा
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्न विवादित अनुहार भएका केही व्यक्तिहरूको दौडले धेरैको ध्यान तानेको छ ।
उपाध्यक्ष बन्न गायिका समेत रहेकी आनी छोइङ डोल्मा निकै लागेकी छिन् । आनी विवादित महिला हुन् । आनी लुम्बिनी विकास कोषको सदस्य समेत रहिसकेकी छिन् ।
तत्कालीन समयमा आनीले हङकङबाट १५ करोड शंकास्पद रकम नेपाल भित्र्याएको भन्दै मेगा बैंक नेपालले रोक्का गरिदिएको थियो । बैंकले आनीको खातामा जम्मा भएको रकमको स्रोत नखुलेपछि तत्कालीन समयमा रोक्का भएको थियो ।
आनीलाई समाज सेवामा भन्दा पनि व्यापारीका रुपमा धेरैले बुझ्ने गरेका छन् । आनीलाई यतिका रकम हङकङस्थित एसेट म्यानेजमेन्ट कम्पनीमा कार्यरत एक व्यक्तिले पठाएका थिए ।
तत्कालीन समयमा गायिका आनीले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममार्फत तुईन व्यवस्थापन गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड रुपियाँ हस्तान्तरण गरेकी थिइन् ।
मेगा बैंकमा रोक्का अवस्थामा रहेको आनीको त्यो रकम छुटाउन यसअघि विदेशी विनिमय विभागका उच्च अधिकारीहरू नै लागिपरेका थिए ।
त्यस बेला आनीले आफूले बिशुद्ध सामाजिक सेवाका लागि रकम ल्याएको बताउँदै आएकी थिइन् । आनीले होटल र अन्य सामाजिक क्षेत्रमा लगानी गर्नका लागि छुट्टै ४० करोड रुपियाँ नेपाल ल्याउन लागेको चर्चा पनि थियो ।
२०७५ वैशाख २७ गतेपछि आनीको नाममा रहेको मेगा बैंकको ००१००५००३९४२४ नम्बरको खातामा आएको सबै रकम राष्ट्र बैंकले रोक्का गरी अनुसन्धान अघि बढाएको थियो ।
हङकङका नागरिकले वैशाख २६ गते ५ लाख ७९ हजार ९ सय ८० अमेरिकी डलर (६ करोड ४३ लाख ७७ हजार ७ सय ८) रुपियाँ जम्मा गरेका थिए ।
त्यसको भोलिपल्टै ५ लाख ३९ हजार ९ सय ८० अमेरिकी डलर (५ करोड ९९ लाख ३७ हजार ७ सय ८) रुपियाँ जम्मा गरे । फेरि अर्को दिन २०७५ वैशाख २८ गते ५ लाख २९ हजार ९ सय ८० अर्थात् ५ करोड ८८ लाख २७ हजार ७ सय ८० रुपियाँ जम्मा भयो ।
एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट मानिने आनी लामो समय गुमनाम थिइन् । अहिले फेरि लुम्बिनी विकास कोषका उपाध्यक्ष बन्ने दौडमा लागेपछि चर्चामा आएकी छिन् । आनी यतीखेर काठमाडौंमै रहेकी छिन् ।
उता, माओवादीका केन्द्रीय सदस्य ल्यारक्याल लामालाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्षमा नियुक्त गरिसकेको हल्ला व्यापक छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले कोषको उपाध्यक्ष नियुक्तिका विषयमा केही भनिन् । सरकारले ल्यारक्याल लामालाई लुम्बिनीको उपाध्यक्ष नियुक्त गरिसकेको, माओवादीको बैठक चलिरहेकाले विरोध हुन्छ भनेर निर्णय लुकाएर राखेको चर्चा पनि छ ।
ल्यारकाल लामा पनि गतिलो व्यक्ति होइनन् । उनका पनि काण्डै काण्ड छन् । गोली काण्ड, दोहोरो नागरिकता र राहदानी काण्ड, तिब्बतीलाई नेपाली नागरिक बनाएको काण्ड आदि ।
आनी छोइङ डोल्मा र ल्यारकाल लामा जस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने हो भने लुम्बिनीको विकास हुन्छ वा हुँदैन सरकार आफैले जानोस् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया