झिर रेस्टुरेन्टमा हवल्दार र सइबीच कुटाकुट, १८ वटा टाँका लाग्यो, छानविन समिति गठन
काठमाडौं । नेपाल प्रहरीका नायब निरीक्षक (सइ) रितेश थापाको कुटाइबाट फुटबलका राष्ट्रिय खेलाडी भरत शाह घाइते भएका छन् ।
घाइते भएका शाह नेपाल प्रहरीका सहायक हवल्दार हुन् । साउन १०गते भएको घटना घाइते भएका शाहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
बिएन्डबी अस्पतालमा उपचार गराइरहेका उनका दाइ मनोज शाहले प्रहरी वृत्त मालीगाउँमा कुटपिटमा संलग्नविरुद्ध जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।
रितेशसहित प्रहरीकै वरिष्ठ सइ अनन्तराज थापाविरुद्ध समेत जाहेरी दिएका छन् । अनन्त र रितेश पनि राष्ट्रिय टिमका पूर्वखेलाडी हुन् ।
रितेशले भरतलाई भत्केको पुलछेउको झिर रेस्टुरेन्टमा बोलाएका मदिरा सेवन गरेको आरोप छ ।
अनन्तको अस्ट्रेलियाको भिसा लागेको अवसर भनेर सो पार्टी आयोजना गरिएको थियो । दुवैजनाले त्यहाँ बियर पिएका थिए ।
पछि विवाद भएपछि रितेशले बियरका ग्लासले भरतको टाउकोदेखि शरीरका विभिन्न भागमा आक्रमण गरेका हुन् । भरतको शरीरमा १८ वटा टाँका लागेको छ ।
रितेशलाई निलम्बन गरी घटनाका विषयमा छानबिन भइरहेको प्रहरी प्रवक्ता (डीआइजी) कुवेर कडायतले बताएका छन् ।
प्रहरीले आन्तरिक रूपमा घटनाको छानबिन गरिरहेको छ । दुवैजना प्रहरी कर्मचारी भएकाले छानबिनपछि फौजदारी कारबाहीको विषयमा अघि बढाउन लागिएको छ ।
एसएसपी बेलबहादुर पाण्डेको नेतृत्वमा छानबिन समिति गठन भएको छ । समितिले घटनाको सिसिटिभी फुटेल ल्याएर अध्ययन गरेको छ । फुटेजमा सुरुमा रितेशले भरतलाई लात्ताले हानेको र त्यसपछि भरत रिसाएको देखिएको छ ।
पछि उनीहरूबीच विवाद भएको र अनन्तले दुवैजनालाई सम्झाउने प्रयास गरेका छन् । पछि एक्कासि रितेशले बियरको ग्लासले आक्रमण गरेको भिडियोमा देखिएको एक प्रहरीले जनाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया