प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठ को हुन् ? कति हुनेछ कार्यकाल ?
काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको परिषदको बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको परिषद् सदस्य एवं राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् ।
अहिले हरिकृष्ण कार्की प्रधानन्यायाधीश छन् । कार्कीको साउन २० गते समयावधि सकिँदैछ । श्रेष्ठ ३१औं प्रधानन्यायाधीश हुनेछन् ।
संसदीय सुनुवाइबाट अनुमोदन भए श्रेष्ठ राष्ट्रपतिबाट प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।
प्रधानन्यायाधीश नियुक्त भए उनको कार्यकाल एक वर्ष २ महिनाको हुनेछ । उनले २०८१ साल असोजको २० गते ६५ वर्षे उमेरहदका कारण अवकास पाउने छन् ।
श्रेष्ठ २०१६ साल असोज २० गते सुदूरपश्चिमको डोटी जिल्ला सदरमुकाम सिलगढीमा जन्मेका थिए । श्रेष्ठको स्थायी घर धनगढीमा पर्छ । उनी न्यायसेवा प्रवेश गरेको ४२ वर्ष भएको छ ।
उनी २०३८ सालमा शाखा अधिकृतबाट न्यायसेवा प्रवेश गरेका हुन् । श्रेष्ठ २०४५ सालमा जिल्ला न्यायाधीश बनेका थिए ।
जिल्ला न्यायाधीश भएको १७ वर्षपछि २०६२ सालमा उनी तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश भएका थिए ।
२०७० सालमा पुनरावेदन अदालतको कायममुकायम मुख्य न्यायाधीश भए । एक वर्षपछि मुख्य न्यायाधीश भए ।
मुख्य न्यायाधीशको रूपमा काम गरेको झण्डै २ वर्षपछि उनी सर्वोच्च अदालतमा नियुक्त भएका हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया