विष्णु पौडेलले जस्तै खेतानले पनि जग्गा फिर्ता गर्ने, पोखरेल र खेतान छुटे
काठमाडौं । बालुवाटारको जग्गा प्रकरणमा पक्राउ परेका दुई जना हाजिर जमानीमा छुटेका छन् ।
समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान छुटेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)का एसएसपी दिनेशकुमार आचार्यले पोखरेल र खेतानलाई बुधबार छाडिएको बताएका छन् ।
जमानीमा छुटेका पोखरेलको स्वास्थ्यमा समस्या रहेको छ । खेतानलाई सरकारी जग्गा हडप्ने प्रक्रियामा भूमिका नदेखिएको भन्दै सीआइबीले छाडेको छ । खेतानको नाममा करीव ८ आना जग्गा रहेको छ । खेतानले जग्गा फिर्ता गर्न तयार भएका छन् ।
बालुवाटार जग्गा प्रकरणमा दुई जना छुटेपछि सीआइबीको हिरासतमा २० जना छन् ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, धर्मप्रसाद गौतम, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल र गोपाल कार्की हिरासतमा छन् ।
काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन, तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की, समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल, भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल, खरिदार नारायणदास मिश्र, सकुलनन्द महर्जन र सञ्जय महर्जन प्रहरी हिरासतमा छन् ।
प्रहरीले केशव तुलाधरलाई पनि पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधरलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडेको थियो । तुलाधरलाई पुन: सीआइबीले बालुवाटार जग्गा प्रकरणमा पक्राउ गरेको छ ।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटार जग्गा प्रकरणको फाइल पुन: खोल्न लगाएका थिए । श्रेष्ठको निर्देशनमा सीआईबीकी प्रमुख (एआईजी) किरण बज्राचार्यले मुछिएकाहरूलाई पक्राउ गरेकी थिइन् ।
बालुवाटार जग्गा प्रकरणमा ८ आना जग्गा फिर्ता गरेकै कारण एमालेका नेता तथा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उनका छोरा नवीन पौडेलले उन्मुक्ति पाएका छन् । खेतानले पनि पौडेलले जस्तै जग्गा फिर्ता गरेर उन्मुक्ति पाउने सम्भावना छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया