नेपाल महिला संघको जिल्ला अध्यक्षहरू मनोनीत
काठमाडौं । नेपाल महिला संघले चार जिल्लामा अध्यक्ष मनोनीत गरेको छ ।
महिला संघकी अध्यक्ष उषा रावत मिश्रले जिल्ला अधिवेशन गराउने प्रयोजनका लागि जिल्ला कार्यसमिति नभएका चार जिल्लामा अध्यक्ष मनोनीत गरेकी हुन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ पछिल्लो समय सक्रिय भएको छ ।
सोलुखुम्बु, सिरहा, बारा र पर्सा जिल्लाको अध्यक्ष मनोनीत गरेको महिला संघले जनाएको छ ।
संघकी अध्यक्ष रावतले सोलुखुम्बु महिला संघको अध्यक्षमा सरला नाछिरिङ राईलाई मनोनीत गरेकी छिन् ।
सिरहाको अध्यक्षमा संगीता चौधरी, बाराको अध्यक्षमा कलावती पासवान र पर्साको अध्यक्षमा किरणकुमारी शर्मालाई मनोनीत गरिएको अध्यक्ष रावतले बताएकी छिन् ।
Published : Wednesday, 2023 August 2, 10:46 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया