नेपाल महिला संघको जिल्ला अध्यक्षहरू मनोनीत
काठमाडौं । नेपाल महिला संघले चार जिल्लामा अध्यक्ष मनोनीत गरेको छ ।
महिला संघकी अध्यक्ष उषा रावत मिश्रले जिल्ला अधिवेशन गराउने प्रयोजनका लागि जिल्ला कार्यसमिति नभएका चार जिल्लामा अध्यक्ष मनोनीत गरेकी हुन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ पछिल्लो समय सक्रिय भएको छ ।
सोलुखुम्बु, सिरहा, बारा र पर्सा जिल्लाको अध्यक्ष मनोनीत गरेको महिला संघले जनाएको छ ।
संघकी अध्यक्ष रावतले सोलुखुम्बु महिला संघको अध्यक्षमा सरला नाछिरिङ राईलाई मनोनीत गरेकी छिन् ।
सिरहाको अध्यक्षमा संगीता चौधरी, बाराको अध्यक्षमा कलावती पासवान र पर्साको अध्यक्षमा किरणकुमारी शर्मालाई मनोनीत गरिएको अध्यक्ष रावतले बताएकी छिन् ।
Published : Wednesday, 2023 August 2, 10:46 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया