रायमाझी-खाणलाई बयानकै भरमा थुन्ने, प्रहरीले प्रमाण दिँदा पनि गृहमन्त्रीले माओवादीका भीआईपी छाड्ने
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण र बालुवाटार जग्गा काण्डमा देखाएको तदारुकता सुन काण्डमा पनि देखिन्छ भन्ने धेरैले अनुमान गरेका थिए ।
गृहमन्त्री श्रेष्ठले सुन काण्डमा आफूलाई निस्क्रिय बनाएपछि प्रश्न उठेको छ । सुनकाण्डमा माओवादीका नेता र उनीहरूका छोराहरू मुछिएका छन् । माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको नाम जोडिएको छ ।
पूर्वउप–राष्ट्रपति नन्दबहादुर पुनको परिवारको नाम जोडिएको छ । नन्दबहादुर पुनका छोराहरू दीपेश पुन, जितेन्द्र पुनको नाम मुछिएको छ । उनीहरूलाई पक्राउ गरेर अनुसन्धानमा ल्याउनेवित्तिकै माओवादीको दवाव र बदनाम हुने डरले गृहमन्त्री श्रेष्ठले सुन काण्डमा आफूलाई निस्क्रिय बनाएको आरोप छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बयानमा कसैले नाम लिएकै भरमा गृहमन्त्री श्रेष्ठले एआईजी श्यामलाल ज्ञवाली र एसएसपी मनोज केसीलाई लगाएर पक्राउ गराएका थिए । बालुवाटार जग्गा प्रकरणमा एआईजी किरण बज्राचार्यलाई लगाएर मीनबहादुर गुरुङसहितका व्यक्तिलाई पक्राउ गर्न लगाए ।
प्रहरीको प्रतिवेदनले ९ किलो सुन तस्करी काण्डमा राहुल महराको कनेक्सन देखाउँदा पनि गृहमन्त्री श्रेष्ठले पक्राउ गरेर बयान समेत लिन दिएका छैनन् । गृहमन्त्री श्रेष्ठ निकै पूर्वाग्रहरी बनेको आरोप छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अडियोमा बोलेकै भरमा नेपाली कांग्रेसका धेरै नेताहरूको बदनाम गराउने प्रयास भएका थिए । बालुवाटार जग्गा काण्डमा पनि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिवसहितका व्यक्तिलाई पक्राउ गरेर बयान लिनेदेखि थुन्नेसम्मका गतिविधि भएका छन् ।

सुन काण्डमा माओवादीका हाइलेबलका नेता र उनीहरूको छोराहरूका संलग्नताको प्रमाण प्रहरीले पेश गर्दा समेत पक्राउ नगर्नुलाई रहस्यका रुपमा लिइएको छ ।
पत्रकार प्रकाश तिमिल्सिनाले लेखेका छन्, ‘यति प्रस्ट हुदाँहुदै पनि पक्राउ छैन ! इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ९ किलो ११.५२४ ग्राम सुन माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले ल्याएको भनेर सीआईबीले प्रस्टसँग लेखेर प्रतिबेदन बुझाएको छ ।’
‘कसैलाई नि छाडदिन भन्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो प्रतिवेदन टेबुलमा राख्छन् तर, पक्राउ गर्दैनन्’, पत्रकार तिमिल्सिनाले भनेका छन् ।
‘अरे राम राज्य ! भन्सारबाट चोरी हुँदा पनि ! कसैले बयान दिएको र पोलेको भरमा नै बालकृष्ण खाण र टोपबहादुर रायमाझीहरू अहिले जेलमा छन्’, तिमिल्सिनाले भनेका छन् ।
‘सिआईबीले भेपमा सुन ल्याएर तस्करी गरेको, त्यसमाथि भन्सारबाट चोरी गरेर माओवादी नेता कृष्णबहादुर महराको बाउ छोराले सुन निकालेको प्रमाणित प्रतिवेदन दिँदासम्म पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पक्राउ गर्दैनन्’, उनले भनेका छन् ।
‘महराको बाउ छोराको ‘अपराध’ हेर्दा त खाणमाथि पूरै अन्याय भएको देखियो’, पत्रकार तिमिल्सिनाले भनेका छन्, ‘भन्सारका कर्मचारीले रेडी ट्रेडको समान शंकास्पद छ भनेर हरेक पटक कोड गर्दा गर्दै पनि ब्रेक शूहरू भन्सारबाट निकालिदै आएको रहेछ ।’
उनले भने, ‘अर्थ मन्त्रालय माताहतको भन्सारमा गृह (प्रहरी)लाई मरिकट्टे छिर्न दिइँदैन । तर, कसको आदेश र योजनामा भन्सारका कर्मचारीले तस्करी भएको भनेर लिखित रूपमा कोड गर्दा गर्दै र हरेक पटकभन्दा भन्दै पनि कुन र कसको पावरमा निरन्तर (करिब २२ टन) सुन निकालियो ? जबकी भन्सार अर्थ मन्त्रालयको पूर्ण नियन्त्रणमा रहने गर्छ ।’
‘अहिले प्रधानमन्त्री माताहतको राजश्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ’, तिमिल्सिनाले भने, ‘प्राप्त कागजात बिस्तृत अध्ययनपछि महरा बाउ छोराको झै क्रमश: सार्बजनिक गरिनेछ, प्रतीक्षा गर्नुहोस् ।’



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया