जिल्ला अदालतविरुद्ध रायमाझी, खाण र रिजाल पाटन पुगे

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण न्यायका लागि उच्च अदालत पाटन पुगेका छन् ।

जिल्ला अदालतको आदेश बदर गरी आफूहरूलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै रायमाझी र खाण मंगलबार उच्च अदालत पाटन गएका हुन् । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि उनीहरूसँग उच्च अदालत पाटन पुगेका छन् ।

मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरूलाई थुनामा राखेको उनीहरूको दाबी छ ।

उनीहरूले थुनामुक्त गर्ने आदेश माग गरेका छन् । उच्च अदालत पाटनले रायमाझी र खाणको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

यसअघि निवेदन दिएकाहरूको हकमा उच्च अदालत पाटनको आदेश अनुसार जिल्ला अदालतबाट प्रतिवेदन पेस भइसकेको छ ।

जिल्ला अदालतको आदेशविरुद्ध निवेदन परेपछि उच्च अदालतले सम्बन्धित जिल्ला अदालतलाई कैफियत प्रतिवेदन पठाउन आदेश दिन्छ ।

Published : Tuesday, 2023 August 1, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया